काठमाडौं । बाढी पीडितको राहत तथा उद्धारमा एक द्वार प्रणाली लागु गरेर अत्याधिक मानवीय क्षति निम्तिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको कार्यक्रममा उनिहरुले जनताले दिएको भोटलाई रास्वपा सरकारले भ्रष्टाचार र कुशासनको लागि दुरुपयोग गरेकोसमेत आरोप लगाएका छन् । सो कार्यक्रमलगत्तै संयोजक जनक परियारलाई प्रहरी परिसर भद्रकालीबाट आएको प्रहरी टोलीले गिरफ्तार गरेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भोटेकोशी क्षेत्रका बाढी पीडितहरुको राहत तथा उद्धार कार्यमा सरकारी उदाशिनता तथा गैरजिम्मेवारी कारण ठूलो संख्यामा मानवीय क्षेति भएको जनाएका छन् । त्रिपाठीले वर्तमान सरकारले दुई तिहाईको दम्भ प्राकृतिक विपत्तिमासमेत देखाएको आरोप लगाउँदै भने,“जनमातको दुरुपयोग कुशासन र भ्रष्टाचारमा मात्रै सीमित रहेन, त्यो बढी पीडित राहत तथा उद्धार कार्यमा एकद्वार प्रणालीमार्फत देखा पर्यो ।” गणेश नेपालीको आत्मदाह, माईतिघरमा लक्ष्मि देवीको आत्म दाह प्रयास, सप्तरीमा सडकमै सुत्केरी हुनुपर्ने बाध्यता, सुकुम्बासी बस्तिमा डोजर, विमा कार्यक्रम बन्दलगायतका घटनाले वर्तमान सरकार उच्च वर्गको सेवक भएको आरोप लगाए । उनले सरकार अधिनायकवादी भएको पनि आरोप लगाएका छन् ।

वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले बाढी पीडितको राहत तथा उद्धारका लागि सरकारी कोषमा जम्मा भएको अरबौं रकम थुपारीएको र १० प्रतिश भन्दा कम परिचालन गरिएको आरोप लगाए । वर्तमान सरकारले तत्का लागि अन्तराष्ट्रिय निकायहरुलाई उद्धार कार्यमा अनुमति नदिदा अत्याधिक मानवीय क्षति भएको जनाए । जेनजी आन्दोलनलाई अपहरण गरी सोहीको जगमा दुई तिहाई प्राप्त गरेको जनविरोधी सरकार रहेको आरोप लगाए । भण्डारीले पुरानाको असन्तुष्टि पोख्न जनताले रास्वपालाई अत्याधिक मत दिएर ठूलो गल्ति गरेको जिकिर गर्दै भने,“वर्तमान सरकार राजनीतिक विचार र आस्थाको जगबाट भन्दा अमेरिकी सरकारको योजना अनुसार आयो र साही अनुसार चलिरहेको छ, यसबाट जनताको भलो हुने कुरै भएन ।” भण्डारीले बलेन सरकार विदेशीको आडमा अधिनायकवाद उन्मुख भएकोसमेत आरोप लगाएका छन् ।

राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियारले वर्तमान सरकारले बढी पीडितका लागि एकद्वार प्रणाली लगाएर परिस्थितिलाई थपा असहज सहजभन्दा हसहज बनाएको आरोप लगाए ।
श्रमसंस्कृति पार्टीका युवा नेता निर्मल परियारले वर्तमान सरकारले गरिव जनतालाई उठिबास लगाउने खोजेको र प्राकृतिक विपदमा परेका जनताको राहत तथा उद्धारमासमेत खेलबाढ गरेको आरोप लगाए ।
समृद्धि फाउण्डेसनका कार्यकारी निर्देशक विवेक थापाले आफू रसुवा लगायतका ठाउँमा गएर राह सामग्रि वितरण गरेको जानकारी दिए । उनले बाढी पीडितहरुलाई अत्यावश्यक सामाग्रिको पनि अभाव भएको जानकारी दिए ।
जेनजी अभियान्ता सुप्रिया नेपालीले जेनजी आन्दोलनलाई हाइज्याक गरेर बनेको वर्तमान सरकार जनविरोधी भएको बताईन् । नेपालीले माइतिघरमा आत्मदाहको प्रयास गर्ने जेनजी लक्ष्मि देवीको सुरक्षाको माग गरिन् ।
राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार कार्यक्रम लगत्तै पक्राउ
राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार सो कार्यक्रम लगत्तै गिरफ्तार भएका छन् । शनिबार दिउँसो संवाद समसामयीक राजनीतिक विषयमा कार्यक्रम सम्पन्न गरिसकेपछि साँझा ५ः४५ बजे डबली प्राणङगण अनामनगरबाट प्रहरी परिसर भद्रकालीबाट आएको टोलिले गिरफ्तार गरेको हो ।
आज जनक परियारले आयोजना गरेको कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई गिरफ्तार गरिएको थियो । सो कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीकोसमेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले बाढी पीडितलाई राहतभन्दा आहत दिएको प्रतिक्रिया दिएका थिए ।
यसअघि जेठ १५ गते विवादास्पद अभिव्यक्ति दिएको भन्दै परिसर भद्रकालीले गिरफ्तार गरेको थियो । एकप्तापछि सर्बोच्च अदालतले तरेखमा छाड्न आदेश दिएपछि रिहा भएका थिए । उनले भरखरै मात्र तारेख थामेर आएको र मंसिर २२ गतेको लागि अदालत उपस्थित हुने तारेख लिएर आएको परिवारका एक सदस्यले बताए ।


अनलाइन डबली

