आज :

ग्यास आपूर्ती गर्न सरकार असफल, उद्योगमन्त्रीले दिइन् राजिनामा

  • अनलाइन डबली

काठमाडौं । राजधानीलगायतका क्षेत्रमा ग्यासको अभावको समस्यालाई समाधान गर्न सरकार असफल भएको छ । कृष्णभिरको पहिरोपछि काठमाडौँ उपत्यकालगायतका ठाउँहरुमा खाना पकाउने ग्यासको चरम अभाव सिर्जना भएको छ । नागरिकले लामो समयदेखि भोकभोकै बस्नुपरेपनि सरकारले ग्यास आपूर्तीलाई सहज बनाउन सकेको छैन ।

बुधबार संसदीय समितिमा ग्यास उद्योगी र कर्मचारीकै कारण ग्यास आपूर्ती सहज नभएको भन्दै कडारुपमा प्रस्तुत भएकी उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। ग्यास उद्योगीलाई पाता नकसेसम्म सहज नहुने बताउँदै ग्यास आएपनि व्यपारीले कृतिम अभाव सिर्जना गरेको आरोप समेत लगाएकी थिइन् ।

विहीबार मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी छन् ।

यसअघि पनि प्रधानमन्त्री बालेन शाहले मन्त्री यादवलाई प्रहरी लगाएर पक्राउ गर्न खोजेको सार्वजनिक भएको थियो । पेट्रोलियम पदार्थको मूल्य घटाएको विषयमा प्रधानमन्त्रीले बर्खास्त गर्न प्रहरी लगाएको सार्वजनिक भएपछि यादवले सहानुभूति पाएकी थिइन् । तर, आफ्नो पछिल्लो अभिव्यक्तिका कारण अहिले पनि विवादमा परेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal