आज :

पुरानै मूल्यमा १२५ एमबीपीएस इन्टरनेट, क्लासिक टेकको नयाँ अफर

  • अनलाइन डबली

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबीपीएस इन्टरनेट प्लानलाई अपग्रेड गर्दै अब नयाँ जडान गर्ने ग्राहकलाई १२५ एमबीपीएस इन्टरनेट उपलब्ध गराउने भएको हो।

नयाँ ग्राहकले मासिक रु. ५५३ मै १२५ एमबीपीएस इन्टरनेट प्रयोग गर्न सक्नेछन्। अर्थात्, ग्राहकले यसअघि तिर्दै आएको मूल्यमा थप २५ एमबीपीएस स्पिड प्राप्त गर्नेछन्।

यस अफरसँगै ग्राहकले वाई–फाई ६ राउटरको सुविधा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ। क्लासिक टेकले सन् २०२१ देखि नै आफ्ना ग्राहकलाई वाई–फाई ६ प्रविधिसहितको राउटर उपलब्ध गराउँदै आएको जनाएको छ।

उच्च गतिको इन्टरनेटसँगै आधुनिक वाई–फाई प्रविधिको सुविधा उपलब्ध गराउने उद्देश्यले नयाँ अफर ल्याइएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal