काठमाडौं । कोल्ड स्टोरको मनलाग्दी कमिसन र भारतीय खुकुरा चल्ला तस्करीको विरोधमा पोल्ट्री किसानहरूले काठमाडौंको माइतीघरमा बिरोध प्रदर्शन गरेका छन् ।
सरकारले किसानका समस्या समाधान गर्नुपर्ने माग राख्दै उनिहरुले प्रदर्शन गरेका हुन् । किसानहरूले भारतीय कुखुरा तस्करी बन्द गर, कोल्ड स्टोरको कमीसन बन्द गर, पोल्ट्री किसानका माग पूरा गर र साना किसानको विस्थापन बन्द गर लगायतका नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
त्यसैगरी किसानहरुले पोल्ट्रीमा ग्रेडिङ प्रणाली पनि लागु गर्न नहुने, दाना चल्लाको मूल्य पारदर्शी हुनुपर्ने, दाना चल्लाको मूल्यवृद्दि रोकिनुपर्न, दानाको गुणस्तर कामय हुनुपर्ने समेत माग राखेका छन् ।


अनलाइन डबली

