आज :

उप–महासचिवमा प्रदिप आचार्य विजयी, व्यवसायीको आशाको किरण

  • अनलाइन डबली

नेपालगंज । यही भदौ ६ गते शनिवार सम्पन्न भएको नेपालगंज उद्योग वाणिज्य संघको निर्वाचनमा उप–महासचिव पदमा नेपालगंजका युवा व्यवसायी प्रदिप आचार्य विजयी भएका छन् । उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका प्रदीप आचार्य ८ सय ६४ मत ल्याउदै विजयी भएका हुन् ।

आचार्यले विगत १७ वर्ष देखि नेपालगंजको मुटु सेतु विक चोक स्थित हिमालयन स्टेसनरी सन्चालन गर्दै आएका छन् । व्यवसायीक क्षेत्रमा रहँदा व्यवसायीका समस्या र पीडालाई नजिकबाट बुझ्दै व्यवसायी क्षेत्रको हितका लागि निरन्तर सक्रिय छन् । हिमालयन ट्र«ेडिङ कन्सर्नको सञ्चालक तथा थोक तथा खुद्रा विक्रताको हैसियतले ब्यापार गरिरहेका आचार्यले आफू निर्वाचित भए । निर्वाचित भएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै “हरेक विहान सटर खोल्ने, बजारको धुलो पिउने र व्यापार नहँुदाको गहिरो निराशा व्यवसायीको आम नियती बनेको छ, उहाँहरुको हक–हित तथा निराशालाई कम गर्ने मेरो लक्ष्य छ” आचार्यको प्रतिबद्धता जाहेर गरे ।

सटर भाडाको तनाव, बैंकको मिटर झै घुम्ने व्याज, राज्यको कर आतंक र खुम्चिदो व्यापार यी पिडाहरु उनका आफ्नै भोगाई हुन । ‘उधोग वाणिज्य संघ अब केवल पहुचवालाको क्लब मात्र बन्नु बन्नु हुँदैन’ भन्ने सोचका साथ निर्वाचनमा होमिएका आचार्यले त्यसलाई सबैको समान पहुँचका लागि काम गर्ने योजना बनाएको जनाएका छन् । “यो त साना तथा मझौलादेखि ठूलासम्म सबै व्यवसायीको दुःख बिसाउने साझा घर बन्नुपछ, मलाई साथिहरुले अमूल्य मत दिएर उप–महासचिवको जिम्मेवारी दिनभएको छ, म उहाँहरुको मतलाई खेर जान नदिने प्रयास गर्नेछु” आचार्यले भने । यस निर्वाचनमा सफलता पाएसँगै आगामी दिनमा व्यवसायीको पक्षमा काम गर्ने थप उर्जा मिलेको र यो क्षेत्रको सुदृढिकरणका लागि सबैसँग हातेमालो गर्ने प्रतिबद्धता उनको छ ।

यो सफलता सहजै प्राप्त भएको होइन आलोचना चुनौती, प्रतिस्पर्धा र अनेकौ कठिनाइहरुकाबीच पनि आफ्नो लक्ष्यबाट पछि नहटि निरन्तर अघि बढनु उनको विशेषता हो । आफूलाई विश्वास गर्ने व्यवसायी, सुभेच्छुक साथीभाई तथा परीवारको साथलाई आफनो शक्तिका रुपमा लिएका आचार्यका लागि यो विजय व्यक्तिगत खुसीको क्षण मात्र होइन जिम्मेवारी थपिएको क्षण पनि हो । विजय पछि प्राप्त खुसी भन्दा ठुलो कुरा अव व्यवसायीको विश्वासलाई कसरी व्यवहारमा उतार्ने भन्ने चुनौती पनि हो । यहि चुनौतीलाई अवसरका रुपमा लिएर अघि वढन सके उहाको विजय झन अर्थपुर्ण बन्नेछ ।

सीमा नाकामा व्यापारिहरुका समस्या तथा वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई नेपालगंजबाट प्राथमिकताका साथ उठाउने उनको मुख्य चुनौति हो ।

उनि प्युठान जिल्लाको खैरा स्थीत बुवा गिरीराज आचार्य र आमा शुसीला आचार्यको कान्छो छोरा हुन् । मध्यम वर्गीय परीवारमा जन्मेका आचार्यमा सानैदेखि निडर, आत्मविश्वासी , लगनशील, न्यायको पक्षमा बोल्ने, पारीवारीक र सामाजिक जिम्मेवारी कुसलता पुर्वक बहन गर्ने व्यक्तीत्व रहेका छन् । साना बालबालीकादेखि वृद्ध बुवा–आमासंग पनि सजिलै घुलमिल हुन सक्ने स्वभावका उनी साथीहरु धेरै बनाउने र सबैलाई मिलाएर नेतृत्व लिने स्वभावका छन् ।

नेपालगंजको उद्योग व्यवसायीको विश्वास बोकेर नयाँ जिम्मेवारीमा प्रवेश गरेका आचार्यको आगामी यात्रा अझ सफल र प्रेरणादायी बनोस शुभकामना ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal