आज :

नेकपा (बहुमत)ले बालेन सरकारविरुद्ध जनसंघर्ष गर्ने

  • अनलाइन डबली

काठमाडौं । नेकपा(बहुमत)ले बालेन सरकारले जनविरोधी हर्कत बढाएको भन्दै सरकारविरुद्ध जनसंघर्षको घोषणा गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ५ देखि १० सम्म राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ ।

बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोला‘कञ्चन’ले वर्तमान सरकार काँग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरुभन्दा बढी भ्रष्ट र जनविरोधी भएको आरोप लगाए । बास्तोलाले सुकुम्बासीमाथिको डोजर, प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाति अभिव्यक्ति, स्वकीय सचिवदेखि विभिन्न राजनीतिक नियुक्तिहरु लगायतका कदमहरुले बालेन सरकारको असली चरित्र उदाङ्गो भएको बताए ।

“सरकारलाई बेलैमा लगाम नलगाउने हो भने उसले देशलाई ध्वस्त पार्ने निश्चित भएकाले हाम्रो पार्टीले जनसंघर्ष गर्ने निर्णय गरेको छ” बास्तोलाले थपे । विश्वको शान्ति र विकासको मुख्य बाधक अमेरिका रहेको बताउँदै, बालेन सरकार पनि उसैको कठपुतलिकोरुपमा काम गरिरहेको बास्तोलाको आरोप छ ।

अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनीले साउन १४ गतेखि १६ गतेसम्म पोखरामा सम्मपन्न ६ टौं केन्द्रीय समितिको बैठकले पार्टीको महासचिव प्रणालीलाई अध्यक्ष मण्डल प्रणालीमा रूपान्तरण गरेको जनाए ।

लोहनीले विभिन्न क्रान्तिकारी शक्ति, संगठन तथा व्यक्तित्वहरूसँग एकता, ध्रुवीकरण र कार्यगत एकताको पहललाई तीव्र बनाउने नीति अवलम्बन गर्ने जनाए । “सरकार राष्ट्रिय स्वधीनता र जनविरोधी बन्दै गएकाले सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एक भएर लड्नु आजको आवश्यकता हो” लोहनीले थपे ।

वर्तमान सरकारको नीति किसान, मजदुर, श्रमिक, युवा, विद्यार्थी तथा राष्ट्रहितविपरीत रहेको आरोप लगाउँदै त्यसविरुद्ध राजनीतिक संघर्षलाई सशक्त बनाइने पनि जानकारी दिए ।
नेकपा बहुमत समाचार

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal