आज :

सरकारसँग भएको ५ बुँदे सम्झौता आफूहरुको पक्षमा नभएको लघुवित्त पीडितको दाबी

  • अनलाइन डबली

काठमाडौं । नेपाल सरकार र मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तिय शोषण विरुद्ध संघर्ष समितिबीच हालै भएको ५ बुँदे समझौता आफूहरु विरोधी भएको लघुवित्त पीडितले आरोप लगाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान–मजदुर आन्दोलन, नेपाल’ले पत्रकार सम्मेलनको आयोजना गरी ज्ञवालीले गरेको सम्झौता धोका भएकोेसमेत बताएको छ ।

किसान–मजदुर आन्दोलनका अध्यक्ष रमेश सेन्चुरीले ५ वर्षदेखि निरन्तर आन्दोलनरत पीडितहरुलाई झुक्याएर ज्ञवालीले आफू अनुकुल सरकारसँग सम्झौता गरेको आरोप लगाए । सेन्चुरीले अधिकाशं पीडितहरुको आवाजलाई वेवास्ता गरी पीडित विरोधी गरिएको सम्झौताले थप जटिलता पैदा गरेको जनाए । “२०८१ असारमा सरकार र पीडितबीच वार्तापछि सार्वजनिक गरिएको ६ बुँदे प्रतिवेदनमै टेकेर त्यसैलाई लागु गर्ने सहमति सरासर धोका हो, जुन पूर्णतया पीडित विरोधी थियो”सेन्चुरीले भने ।

सेन्चुरीले देशभर ६० लाख लघुवित्त पीडितहरु रहेको र सबै सो सम्झौता विरुद्धमा रहेको जिकिर गर्दै भने,“हामी सरकारसँग भएको सम्झौता खारेज गर्दै पीडितका पक्षमा नयाँ सम्झौताका लागि आह्वान गर्दछौं ।”

आन्दोलनका इन्चार्र्ज सूरेश घिमिरेले ५ वर्षको निरन्तर आन्दोलनलाई मनिराम ज्ञवालीले तुहाउन खोजोको आरोप लगाए । उनले अधिकाशं पीडितहरु अझै पनि संघर्षको मैदानमा रहेको बताउँदै घिमिरेले भने,“ज्ञवाली जीले पीडितलाई धोका दिएर नेपाल सरकारसमक्ष घुँडा टेकी आन्दोलनको विक्री गर्नुभएको छ, तर हामी त्यो सफल हुनदिने छैनौं ।

नेपाल सरकारले आफू त्यसबाट पन्छिन एकातिर ‘लघुवित्त संस्थाहरुभित्र खराबि छ’ पनि भन्ने तर तिनलाई कारबाही पनि नगर्ने र अकार्तिर ‘संघर्ष समिति पनि अपराधिकरण तिर उन्मुख छन्’ भन्ने प्रतिवेदन निकालेको घिमिरेले बताए । “यस्तो पीडित विरोधी प्रतिवेदनलाई अधार मानेर अध्यक्ष मनिराम ज्ञवालीले अफै हस्ताक्षर गर्नु दुर्भाग्यको विषय हो” घिमिरेले थपे ।

आन्दोलनकी उपाध्यक्ष विमला गजमेर र हरिमाया मल्लले ज्ञवालीले गरेको सम्झौता पूर्णरुपले पीडित विरोधी भएकाले आफूहरुले न्याय नपाउन्जेल आन्दोलन जारी राख्ने जनाईन् ।

महासचिव दमोदर ढकालले आफ्नो संगठनको नेतृत्वमा साउन १० गतेबाट पीडितहरुले राजधानी ‘मार्च’ सुरु गरिहँदा ज्ञवाली अत्तालिएर आत्मघाति सम्झौता गरेको आरोप लगाए ।

सचिव होम बहादुर खड्काले लघुवित्त संस्थाहरुको ज्यादति र सरकारको गैरजिम्मेवारीको कारण लाखौं पीडितहरु भोकभोकै सडकमा अनवरत उत्रनु परेको भन्दै आक्रोश व्यक्त गरे ।

सचिवालय सदस्य जोगेन्द्र यादवले लघुवित्त संस्थाहरुले मधेशमा सबैभन्दा बढी सताइरहेको बताउँदै उनिहरुलाई भावि दिनमा गाउँगाउँबाट लखेट्ने चेतावनी दिए ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal