आज :

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  • अनलाइन डबली

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको जनाएको हो ।

बिक्रीमा राखिएको सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा पुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

सेयरको बिक्री मूल्य भने सम्बन्धित बिक्रेता सेयरधनीहरूले निर्धारण गरेबमोजिम हुने बैंकले जनाएको छ । बैंकका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेमा प्रचलित व्यवस्था अनुसार संस्थापक सेयरधनीभन्दा बाहिरका व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ ।

यसअघि पनि बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि सूचना जारी गर्दै आएको छ । संस्थापक सेयरको स्वामित्व हस्तान्तरण गर्दा बैंक तथा नियामक निकायको प्रचलित व्यवस्था पालना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal