आज :

‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि’

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसदहरूबीच अन्तरक्रिया भएको छ ।
कांग्रेस संसदीय दलले आज पार्टीका राष्ट्रिय सभाका वहालवाला सांसद र नवनिर्वाचित सांसदहरूबीच परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम गरेको हो ।
उक्त अन्तर्क्रिया कार्यक्रम परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै सांसद ललितजंग शाहीले पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि रहेको बताएका छन् ।
उनले पुराना दलहरूले कुनै काम नगरेको भन्ने कुरा सही नभए पनि जनअपेक्षा अनुसार विकासको गति हासिल गर्न नसकेको वास्तविकता रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारजस्ता क्षेत्रमा उल्लेखनीय काम भए पनि अपेक्षित स्तरमा परिवर्तन आउन नसकेको बताए ।
उनले भने, ‘पुरानो पार्टीहरुसँग नेपाली जनता त्यति सन्तुष्ट छैनन् । असन्तुष्टिको भाव व्यक्त गरेर अहिले प्रतिनिधिसभाको नतिजा आएको छ । पुरानो दलले केही काम गरेको छैनन् भन्न त मिल्दैन । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारको क्षेत्रमा प्रशस्त काम भएका छन् । तर एउटा कुरा सत्य के हो भने जति हुनुपथ्र्यो जनअपेक्षा बमोजिम त्यो हुन सकेन । छलाङ अर्थात फड्को मार्न सकेनन् ।’

उनले अहिले देखिएको प्रतिनिधिसभाको नतिजाले पनि जनताको असन्तुष्टिको भावना स्पष्ट रूपमा व्यक्त गरेको बताए । माघ १२ गते राष्ट्रिय सभाको १८ पदका लागि चुनाव भएको थियो । नेपाली कांग्रेसका ९ जना निर्वाचित भएका थिए । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज अन्तक्र्रिया भएको हो । कार्यक्रममा पार्टीका राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौलालगायत उपस्थित थिए । राष्ट्रिय सभामा कांग्रेसका २४ जना सदस्य छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal