
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात कोटा २० किलोबाट बढाएर २५ किलो पु¥याएको छ । बजारमा सुनको माग बढेसँगै र दिपावली नजिकिँदै जाँदा आयात सीमामा वृद्धि गरिएको हो । हाल वाणिज्य बैंकहरूले आयात गरेको सुन व्यवसायीमार्फत गहनाको रूपमा बिक्री हुँदै आएको छ ।
सुनको मूल्य निरन्तर बढ्दै गएको छ । शुक्रबार प्रतितोला मूल्य २ लाख ३५ हजार पुगेको छ । लगानीकर्ताहरूका लागि सुन सुरक्षित विकल्प बन्दै गएपछि माग थप बढेको बताइन्छ ।
साथै, राष्ट्र बैंकले फिर्ता नहुने रेमिट्यान्स (विप्रेषण) सीमा पनि २० लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँ पु¥याएको छ । अब नेपाली वा विदेशी नागरिक, तथा नेपालमा दर्ता भएका फर्म वा कम्पनीहरूले विभिन्न प्रयोजनका लागि दैनिक २५ लाखसम्म रकम विप्रेषण कम्पनीमार्फत ल्याउन सक्नेछन् ।
यस्तो रकम संकलन र भुक्तानी गर्दा ग्राहक पहिचानका कागजात लिनु पर्ने र प्रत्येक महिनाको अन्त्यमा सम्बन्धित विभागहरूमा विवरण बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।