आज :

शेखरको निर्देशनपछि कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा, ओली सरकार संकटमा

  • अनलाइन डबली

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षका नेताहरुलाई सरकारबाट हट्न निर्देशन दिएका छन् ।

चीनमा रहेका कोइरालाले सरकारबाट आफ्नो पक्षका मन्त्रीलाई राजिनामा दिन निर्देशन दिएका हुन् । यो निर्देशनसँगै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

मंगलबार विहान एक सन्देश सार्वजनिक गर्दै पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जनाएका छन् ।

यसैगरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले पनि राजिनामा दिने तयारी गरेको स्रोतले बतायो ।

यसैबीच काँग्रेस महामन्त्री गगन थापाले आफू रातभर निदाउन नसकेको बताउँदै सरकारबाट पार्टीलाई फिर्ता बोलाउन निर्णय गराउन लाग्ने सार्वजनिक रुपमा बताएका छन् ।

योसँगै ओली सरकार संकटमा परेको छ । नेता कोइराला पक्षका मन्त्रीले राजिनामा दिएपछि ओलीलाई पनि नैतिक संकट पर्ने देखिन्छ । हिजो बसेका पदाधिकारी बैठकमा अधिकांश नेताहरुले सरकारबाट फिर्ता हुनेपर्ने माग राखेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal