
पदाम श्रेष्ठ / बुद्ध शरण शाही
आख्यान अनुसार , राजा गुनकामदेबको कुलमा जन्मिएका सिंहसार्थवाह नामका प्रख्यात ब्यापारी पांच सय ब्यापारीका साथ तिब्बत व्यापारमा गए । फर्कदा एक अनकन्टार एकान्त ठाउमा निकै राम्री राम्री युवतिले ब्यापारी आफ्नो प्रेम जालमा पारे । यसबाट दंग दास व्यापारीहरु युवतीको चुन्गलमा फसे तर सिंह सार्थ बाहुलाइ राति हुदै जाँदा आफूसंगै आएका ब्यापारी साथीहरु एक एक गरि हराउदै गएको सुइको पाए । ख्ज्ने क्रममा उनीहरुको आभूषण, गरगहना र हड्डी मात्र देखे पछी आफु सहित बाकि रहेकाहरु लाइ उद्दार गरिदिन आर्यालोकेश्वर करुमय ( रातो मछेन्द्रनाथ ) लाइ गुहारे । करुणामयले सतर्क गराउदै भने छन् , ‘ ति सुन्दरीहरु यक्षनि ( राक्षसनि ) हरु हुन् तीबाट बच्न नेपाल आउने बाटोमा पर्ने समुन्द्र सेतो घोडा हुने छ , समुद्र तर्ने बेला ति यक्षनि हरुले जालमा पारी जतिसुकै बोलाए पनि पछाडि फर्किएर नहेर्नु । ’ उक्त कुरा बनियापीहरुलाई पनि बताए । समुद्र तटमा पुगेका ब्यापारीहरुलाई ती सुन्दरीहरू बोलाउन थाले , मन थाम्न नसकी पछाडि फर्किएर हेर्दा एक – एक गर्दै सबै ब्यापरी समुद्रमा खसेर यक्षनिको आहारा बने । यही खुशियालीमा प्रत्येक वर्ष वसन्तपुर् कुमारी घर संगै विधिवत रुपमा रंगीविरंगी कपडाको ध्वजासहितको चीर ठड्याइ सप्ताहव्यापी फागु ( होलिका संग सम्वन्धित होलि होइन ) पर्व मनाउन थालिए ।
नेपाल फर्किन सफल एक मात्र सिंहसार्थबाहसँग पनि एउटी रूपवती पक्षीसँगै आइपुगेकी रहिछिन् । अत्यधिक सुन्दरी ती यक्षिणीबाट मोहित हुँदै तत्कालीन राजा सिंह केतुले यक्षक्षिणीलाई दरवारमा नै रखौटीका रूपमा राखिदिए । मौका छोपी ती पक्षिणीले अन्य सन्गिनीलाई पनि बोलाई राजाको हत्या गरी खाइदिए । यस्तो बीभत्स स्थिति सुनी सिंहसार्थवाह राजस्थनगरी दरवार पुग्दा अवलोकितेश्वरको प्रभावका कारण पक्षिणीहरू भागाभाग गर्न लागे ।
दरवारलाई मान्छे खाने यक्षिणी मुक्त गराएका कारण प्रभावित भई सम्पूर्ण जनताले एक मुख गरेर सार्थ बाहलाई नै राजा घोषणा गरे राजा भएपछि थँबहि ( ठमेल ) मा करुणामयको प्रतिमा प्रतिष्ठापित गराई बिहार विस्तार गराए । विशालचोकबीच कलात्मक पेगोडाशैलीको तीनतले हिल वर्तमानमा बौद्ध अध्ययनको केन्द्रको रूपमा रहेको छ । बरिपरि दुइतले वादली , वरण्डा , धातुयुक्त तोरण टायल रातिको वहिलमा ने.सं. ८०४ , ९ २४ , १०५८ का अभिनेछन् । १६ शताब्दिमा निर्माण भएको मानिने रहस्यात्मक गुप्तदेवताको मतसँग सम्बन्धित आँगन चोकको मन्दिरको टुँडालमा कुमारी र भैरवका कलात्मक कृति कुदिएका छन् । चोकसीच स्वयम्भू रहेको छ , विहारको मुख्य पर्व फागुन पूर्णिमामा पर्दछ।
फागु सकिएको भोलि पल्ट थँबहिल ( हालको ठमेल ) बाट सिंहसार्थवाहको मुर्ति सहितको खत जात्रा गरि काठमाडौँको भित्रि सहर थनि ( माथिल्लो टोल ) र कोंनी ( तल्लो टोल ) परिक्रमा गर्ने परंपरा रही आएको छ ।