आज :

के अमेरिका–इरानबीच आज सहमति हुँदैछ ?

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार (आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा भने, ‘सम्झौता आइतबार हस्ताक्षर हुने तालिका छ । र हस्ताक्षर भएको तुरुन्तै होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ ।’ ट्रम्पले इरानमा अब आणविक हतियार चाहँदैन भनेर पनि दाबी गरे ।

उनले सम्झौतामा हस्ताक्षरले इरानसँगको अमेरिकी सम्बन्धलाई ‘भिन्न र राम्रो’ बनाउने बताए । तर आफूहरुसँग अन्तिम विकल्प पनि रहेको उल्लेख गर्दै प्रक्रिया छिटो, सजिलै र सहज रूपमा अगाडि बढ्नुपर्ने बताए ।

उता पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले पनि शनिबार अमेरिका–इरान सम्झौताको इलेक्ट्रोनिक हस्ताक्षर समारोह आइतबार हुने तय गरिएको बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले पनि संयुक्त राज्य अमेरिका र इरान शान्ति सम्झौताको ढाँचामा सहमत भएका छन् र चाँडै नै यसमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् । पाकिस्तानले अमेरिका–इरान शान्ति वार्तामा मध्यस्थता गरिरहेको छ ।

यता इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बखाईले आइतबार इरान र संयुक्त राज्य अमेरिकाबीच द्वन्द्व अन्त्य गर्न समझदारी पत्र ९एमओय० मा हस्ताक्षर हुने कुरा अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बखाईले इरान र संयुक्त राज्य अमेरिकाबीचको कुनै पनि सम्भावित एमओयू वार्ता जारी राख्नको लागि एक रूपरेखाको रूपमा काम गर्ने तर अन्तिम सम्झौता मान्न नसकिने जिकिर गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal