आज :

सर्लाहीमा इभी हाईसको ठक्करबाट एक महिलाको मृत्यु

  • अनलाइन डबली

सर्लाही । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् ।

जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक नजिकको भित्री सडकखण्डमा आज (आइतबार) बिहान करिब ६ः१० बजे भएको दुर्घटनामा स्थानीय ५५ वर्षीया जयकुमारी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिग्रिएर रोकिएको बा.प्र.०३००१ ज ०७७६ नम्बरको ईभी हाईसलाई प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले टोचनको सहायताले बरहथवातर्फ तानेर लैजाँदै थियो।

सोही क्रममा पैदल हिँडिरहेका बागमती–९ निवासी जयकुमारी देवी र बागमती–१० निवासी ४० वर्षीया पुनमदेवी यादवलाई ईभी हाईसले ठक्कर दिएको थियो ।

ईभी हाईसको ठक्करबाट दुवै महिला घाइते भएकी थिइन् । उनीहरुलाई उपचारका लागि वीरगञ्जतर्फ पठाइएको थियो ।

टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकी जयकुमारी देवीलाई थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते पुनमदेवी यादवको बाराकै कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ । घटनापछि अस्थायी प्रहरी पोस्ट सोल्टीबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।

साथै, ईभी हाईस चालक हरिवन नगरपालिका–७ निवासी ४० वर्षीय देवेन्द्र ठाकुर र अटो चालक बरहथवा नगरपालिका–१३ निवासी ३३ वर्षीय विकासकुमार झालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal