आज :

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता नभए, सडकबाट खारेज हुन्छः अध्यक्ष सिंह

  • अनलाइन डबली

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङमा गरेकोे शुल्क वृद्धि फिर्ता नगरे विद्यार्थी संगठनहरुले सडकबाट खारेज गर्ने चेतावनी दिएकी छन् ।
बिहिबार राजधानीको संवाद डबलीमा संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले संस्थानका प्रमुखलाई सरकारले निलम्बन गर्नुपर्ने समेत बताइएन ।

उनले बर्ताको लागि आह्वान गरिए पनि त्यसको लागि पहिलो सर्त नै शुल्क खारेज भएको बताउँदै भनिन्,‘वार्ताको मन्चन गरेर आन्दोलन तुहाउने दुष्प्रयत्न गरिन्छ भने यो वार्ता खारेज गरिन्छ र चारवटा विद्यार्थी संगठनको तर्फबाट निशर्त ढंगले त्यो शुल्क वृद्धि खारेज नगरेसम्म हामी वार्ताको प्रक्रियामा नजाने कुरा पनि म यो पत्रकार सम्मेलनमार्फत जानकारी गराउन चाहान्छु । ’

‘नेपालको इन्जिनियरिङ शिक्षाको केन्द्रको रुपमा परिचित र आधारभुत रुपमा जनताको पहुँचमा रहेको इन्जिनियरिङ्ग अध्ययन संस्थानले आंगिक क्याम्पसहरुमा दोब्बरभन्दा बढी शुल्क अकस्मात बढाउनुले आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जिनियरिङ्ग शिक्षाबाट बञ्चित गराउने निश्चित छ ।’ उनको भनाई छ ।

इन्जिनियरिङको स्नातक तहमा नियमित तर्फ शुल्क ३५ हजार बाट बढाएर ८२ हजार र पूर्ण शुल्क तर्फ ३ लाख ३० हजार बाट बढाएर ७ लाख ७५ हजार पुरÞ्याइएको प्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal