आज :

हुम्लामा ७ करोडको मह उत्पादन तर बिक्री १ करोड मात्र

  • कर्णबहादुर रोकाया

सिमकाेट । हुम्लामा यो वर्ष ७ करोड बराबरको ३५ हजार केजी मह उत्पादन भएको छ । तैपनि एक करोडभन्दा धेरै रकम बराबरको मात्र मह बिक्री भएको देखिन्छ । अन्य घरेलु कामकाज र यताउता नासो, कोसेली र अन्य काममा प्रयोग हुने गरेको छ ।

सात गापा र कृषि विकास कार्यालय हुम्लाको आँकडालाई समयोजन गर्दा हुम्लामा २ हजार ५ सय परम्परागत घारहरु रहेको देखिन्छ । यो संख्या वर्षेनी मौसमको अनुकूलता र प्रतिकूलता हेरेर थपघट हुने गरेको छ ।

परम्परागत घारमा सालाखाला प्रति घार न्यूनतम १० केजी देखि अधिकतम २५ केजीसम्म मह उत्पादन हुने गरेको सिमकोट ३ लांदुक गाउँका अगुवा किसान गोबिन्द लामाको अनुभव रहेको छ । अन्दाजी प्रति घार १५ केजी महको हिसाब गर्दा हुम्लामा वर्षेनी ३५ हजार केजीभन्दा धेरै मह उत्पादन हुने गरेको आँकडा रहेको छ । यसको हालको बजार मूल्य ७ करोड हुन आउँछ तैपनि यो सबै मह ब्यापारीक प्रयोजनका लागि काम लाग्ने गरेको देखिदैन ।

यो वर्ष हुम्ला लगायत हुम्ला बाहिरका विभिन्न शहरहरुमा अर्गानिक महका रुपमा नासो, कोसेली र औषधीय प्रयोजनका लागि बिक्री हुँदा पनि एक करोडभन्दा धेरैको बिक्री हुन नसकेको हुम्ला उद्योग वाणिज्य संघ स्रोतले बताएको छ ।

जागरुक किसानहरुले महबाट वर्षेनी लाखौं रकम कमाएर राम्रो लाभ लिन गरेका छन् । यो मौरीको खेती गर्ने किसाहरुले ५० केजीदेखि ११ क्वीन्टलसम्म मह उत्पादन गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal