आज :

विश्वकप क्रिकेटमा महिला र पुरुषको पुरस्कार बराबर

  • अनलाइन डबली

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकमलाई बराबरी बनाएको छ । यो निर्णयलाई क्रिकेटको इतिहासमा कोषेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

आईसीसीले २०२४ को महिला टी–२० विश्व कपको पुरस्कार रकम ७९ लाख ५८ हजार ८० अमेरिकी डलर तोकेको छ । यो अघिल्लो संस्करणको तुलनामा २२५ प्रतिशत वृद्धि हो । विजेताले २.३४ मिलियन डलर पुरस्कार प्राप्त गर्ने छन् भने उपविजेताले १.१७ मिलियन डलर प्राप्त गर्ने छन् ।

प्रमुख टोली खेलहरूको बीचमा पुरुष र महिला विश्व कपको पुरस्कार रकम बराबरी गर्ने एक मात्र खेलको रुपमा क्रिकेट बनेको छ ।

विजेताका लागि पुरस्कारः २.३४ मिलियन डलर (२०२३ मा १ मिलियन डलर) उपविजेताका लागि पुरस्कारः १.१७ मिलियन डलर (२०२३ मा ५००,००० डलर) सेमिफाइनलमा परेका टोलीहरूः प्रत्येकलाई ६७५,००० डलर (२०२३ मा २१०,००० डलर) सम्पूर्ण पुरस्कारको रकमः ७,९५८,०८० डलर (२०२३ मा २.४५ मिलियन डलर) २०२४ को महिला टी–२० विश्व कप संयुक्त अरब इमिरेट्समा हुँदै छ ।

उक्त विश्वकपमा १० टोलीले २३ खेल खेल्नेछन् । विश्वकप ३ अक्टोबरबाट सुरु हुनेछ । उद्घाटन खेलमा बंगलादेशले स्कटल्याण्डसँग  प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal