आज :

टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी

  • अनलाइन डबली

काठमाडौँ । भारतले अस्फ्गानिस्तानलाई पराजित गरेको छ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई४७ रनले पराजित गरेको हो ।

गएराती समपन्न खेलमा भारतले दिएको १८२ रनको लक्ष्य पछाएको अफगानिस्तान २० ओभरमा अल आउट हुदै १३४ रन मात बनाए पछि भारत ४७ रनले विजयी भएको हो ।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले सर्बाधिक २६ रन बनाए भने नाजिबुल्लाह जर्द्रानले १९ रन बनाएका थिए । त्यस्तै भारतका बलर अर्शदीप सिंह र जसप्रित बुमराहले ३-३ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला बय्टिंग गरेको भारतले २० ओभरमा ८ व्केट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागिसूर्यकुमार यादवले सर्बाधिक ५३ रन बनाए भने हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४ तथा ऋषव पन्तले २० रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फजलहक फारुकीले ३-३ विकेट लिएका थिए ।

यो जितपछि सुपर आठको समूह एकमा रहेको भारतले २ अंक हासिल गरेको छ । अब भारतले अर्को खेल शनिबार राति बंगलादेशविरुद्ध खेल्दै छ । त्यस्तै अफगानिस्तानले अर्को खेल आइतबार बिहान अस्ट्रेलियासँग खेल्दै छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal