काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा क्यानडाले अमेरिकालाई फराकिलो चुनौती दिएको छ । अमेरिका र वेष्टइण्डिजमा सुरु भएको विश्वकपको पहिलो खेल क्यानडा र अमेरिकाबीच भएको छ ।
अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो ।
क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ६१ रन जोडे । निकोलस किर्तोनले ५१, आरोन जोनसनले २३, पर्गत सिंहले ५, दिलप्रीत बाज्वाले ५,श्रेयास मोभ्भाले ३२ र डिलोन हेलिगरले १ रनको योगदान दिए ।
बलिङमा अमेरिकाका अलि खान, हर्मित सिंह र कोरे एण्डरसनले एकएक विकेट लिए ।