आज :

खोकनामा ऐतिहासिक रुद्रायणी देवीको १२ वर्षे जात्रा सुरु

  • बुद्धशरण शाही

काठमाडौँ  । काठमाडौँ उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवा: बस्ती  खोकनामा ऐतिहासिक रुद्रायणी देवीको १२ वर्षे जात्रा सुरु भएको छ ।

जात्राको प्रारम्भमा रुद्रायणी मन्दिरमा रुद्रायणी देवगणहरुलाई एक महिनाका लागि विधिवत पूजाअर्चना गरी ‘द्यो कुनेगु’ अर्थात् गुप्तवास राखिने प्रचलन रहेको छ  । जात्राको ऐतिहासिक तथा सांस्कृतिक विविध पक्षबारे रुद्रायणी गुठीले आज पत्रकार सम्मेलनगरी जात्राक्जो बिधि तथा देवगण नाच बारे जानकारी दिएको छ ।

ललितपुर नमहनागर्पालिका वडा नं. २१ का अध्यक्ष तथा जात्रा ब्यबस्थापन समितिका संयोजक रविन्द्र महर्जनले विगतमा केन्द्रीय सरकारको मातहतमा यो जात्रा मनाइने गरे पनि संघीयता कार्यान्वयनपछि स्थानीय सरकारको मातहतमा रहेको बताउनुभयो । देवगण नाच काठमाडौंको पचली भैरव, पुरानो खोकनाको देवी सिद्धकाली मन्दिरमा अवस्थित रुद्रायणी, बालकुमारी पाटनमा कौमरी, कीर्तिपुर चोभारमा रहेको जलविनायक, हलुमान, न्हसिकाप, कुसुन्तीमा कुमार, नेखुमोलमा ब्रम्हायणी देवी, नख्खुस्थित विष्णुदेवी, पशुपतिको महेश्वरी, बल्खुको इन्द्रायणी, बज्रबाराही, गुह्येश्वरी, महालक्ष्मी, आकाश भैरवलगायतका शक्तिपीठमा देवगणको नाच देखाइने तथा बिधिपुर्वक पूजा गरिने जानकारी दिनुभयो ।

गुठीका नायः  योगेश महर्जनले नेपाललाई विश्वसामु चिनाउने विविध जात्रापर्व र संस्कृतिकमध्ये १२ वर्षे मेला पनि एक रहेको बताउनुभयो । इतिहासलाई दीगो राख्न एवम् देशव्यापी बनाउने उद्देश्यले भावी दिनमा संस्कृति संरक्षणका लागि संग्रहालय बनाउने र सांस्कृतिक पक्ष सँगसँगै यो वर्ष अभिलेखिकरण राखिने जानकारी दिनु भयो ।

रुद्रायणी देवीको १२ वर्ष मेला २०८० गाईजात्राको भोलिपल्ट अर्थात् खोकनाबासीको स्थानीय गाईजात्राको दिनबाट गुफा राखेर सुरु गर्ने परम्परागत चलन छ । मेला अवधिमा खोकना गढभित्र नुहाउने, लुगा धुने, छालाका सामानहरु लगाउने, कुखुराको मासु, अण्डा, पूजामा रातो टीका, घण्टी बजाउने, मनोरञ्जनात्मक कार्य तथा भोज भतेर कार्य पूर्णरुपमा प्रतिबन्ध गरिन्छ । रुद्रायणी मन्दिर अगाडिको डबलीमा देवी नाच देखाई यस जात्राको अन्त्य गर्ने परम्परा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal