आज :

परम्परागत नीतिलाई परिवर्तन नगरी स्वाधिन अर्थतन्त्र सम्भव छैन: लिलामणि पोखरेल

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव लिलामणी पोखरेले परम्परागत नीतिलाई परिवर्तन गर्न नसके स्वाधिन राष्ट्रिय अर्थतन्त्र निर्माण हुन नसक्ने बताएका छन् । उनले त्यसको लागि नयाँ प्रकारको उत्पादन क्रान्ति आवश्यक भएको बताए ।

“अहिले जसरी चलिरहेको छ, त्यो केही समय त चल्ला तर नयाँ इनोभेसन भएन भने यो धेरै समय चल्दैन । आफ्नो उत्पादन नगरेर बाहिरबाट ल्याएर बेच्दै जाने हो भने दलाल मात्रै हुनेछौं । देशको अर्थतन्त्र विकासको लागि नयाँ एउटा क्रान्ति आवश्यक छ” पोखरेलले भने ।

आइतबार नेपाल उद्योग व्यापार महासंघले आफ्नो स्थापना दिवसको अबसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माणको लागि नीतिगत रुपमै हस्तक्षेप गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय र अर्थतन्त्रका विकासका आयालमलाई जोड्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै पोखरेलले समाजवाद उन्मुख अर्थतन्त्रको लागि उत्पादन बढाउनु पर्नेमा बताए । विदेशी समान ल्याएर देश आत्मनिर्भर नहुने भन्दै पोखरेलले उत्पादनको नेतृत्व महासंघले लिनुपर्नेमा जोड दिए ।

नेपालमा जडिबुटी प्रशोधन हुन नसक्दा रामदेवले कौडीको भाउ लिएर बहुराष्ट्रिय कम्पनी बनाएर बेचिरहेको बताउँदै पोखरेलले श्रमशक्ति र बिजुली विदेशीलाई बेचेर देशले आर्थिक प्रगति गर्न नसक्ने बताए ।

नेकपा (माओवादी केन्द्र)का युवा नेता सांसद गंगा कार्कीले नेपाललाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताए । उनले उत्पादनको लागि महासंघले कमाण्डरको भूमिका निभाउनुपर्ने बताए ।

महासंघका अध्यक्ष खिमलाल भण्डारीले स्वाधिन अर्थतन्त्र निर्माणको लागि उत्पादन बढाउने आफूहरुको उद्देश्य रहेको बताउँदै त्यसका लागि आवश्यक पर्ने नीतिहरु परितर्वन गर्न सरकारसँग आग्रह गरे ।

कार्यक्रमका महासचिव खिमनारायण पराजुलीले स्वाधिन अर्थतन्त्रको लागि महासंघ निरन्तर अगाडि बढ्ने बताए ।

महासंघले स्थापना दिवसको अबसरमा रक्तदान समेत आयोजना गरेको थियो । रगतदान गर्नेहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । रगतदान गर्नेहरुलाई अध्यक्ष भण्डारीले धन्यवाद समेत दिएका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal