काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।
राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो ।अल्पकालिन रूपमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम बजारमा पठाउन लागेको हो ।
त्यसका लागि राष्ट्र बैंकले आज दिउँसो अक्सन (बोलकबोल)का लागि बैंक तथा वित्तीय संस्थालाई आव्हान गरेको छ । बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उक्त रिपोको म्याद यही असोज २७ गते सकिनेछ ।
विशेष गरी बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलताको अभाव देखिएमा अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो प्रयोग गरिन्छ ।अहिले बैंकहरुमा तरलताको अभाव भएको कारणले गर्दा केन्द्रिय बैंकले तरलता प्रवाह गर्न रिपो उपकरण प्रयोग गर्न लागेको हो ।