काठमाडौँ – आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बसन्तपुर दरवार क्षेत्र स्थित कुमारी घर अगाडी डवलिमा एक कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो ।
प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । ०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो ।
सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको छ ।
प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।