काठमाडौं । सरकारले महंगा बस्तु आयतमा खुला गरेको छ । मुद्रा सञ्चिती घट्दै गएपछि आर्थिक संकट आउन सक्ने भन्दै सरकारले महंगा बस्तुको आयतमा रोक लगाएको थियो ।
सरकारले साढे ८ महिना अघि बिलासी मानिएका वस्तुहरुको आयात प्रतिबन्ध लगाएको थियो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तपछि खुला गर्ने निर्णय गरेको छ ।
व्यवसायीहरुले व्यवसाय चौपट हुन लागेको भन्दै आयत खुलाउन माग गर्दै आएका थिए । बजारमा माग घटेर अर्थतन्त्रको अर्को संकट आउन सक्ने र राजस्वको लक्ष्य समेत भेट्न मुस्किल हुन सक्ने अवस्थालाई ध्यानमा राखेर वस्तुको आयत खुला गरेको हो ।
अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालय विभिन्न चरणमा छलफल गरेका थिए । अब वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना निकालेपछि प्रतिवन्ध औपचारिक रुपमा हट्ने छ । ३ सय अमेरिकी डलर भन्दामाथिका मोबाइल, ५० हजार डलरभन्दा महँगा डिजेल तथा पेट्रोल गाडी, विदेशी मदिरा र १५० सीसीभन्दा बढीका मोटरसाइकलको प्रतिबन्ध हट्नेछ ।
अन्तर्राष्ट्रिय दातृ निकायहरुले पनि प्रतिबन्धको साटो ब्याजदरसहितको मौद्रिक उपकरण प्रयोग गर्न सुझाव दिंदै आएका थिए । प्रतिबन्धको कदमपछि अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको दबाब सुधारउन्मुख देखिएको छ । शोधानान्तर अवस्था बचतमा गएको छ । विदेशी विनिमय सञ्चितिमा पनि सुधार भएको छ ।
रेमिट्यान्स आप्रवाह बढेका कारण पनि सञ्चितिमा परेको दबाब कम भएको छ । यी सबै अवस्थाले अर्ततन्त्रको बाह्य क्षेत्र अब ठूलो दबाबमा नरहेको देखिएको सरकारी निष्कर्ष छ ।
आयात वृद्धिका कारण विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै सरकारले १३ वैशाख २०७९ आर्थिक वर्षको अन्त्यसम्म १० प्रकारका बिलासी वस्तु आयातमा पूर्ण प्रतिबन्धको नीति लिएको थियो । मदिरा, सुर्ती, कुरकरे तथा लेजलगायतका खाद्यन्न, हीरा, सबै प्रकारका खेलौना, तास, ३२ इन्चभन्दा ठूला रंगीन टीभीको आयात खुलाउँदै गएपनि अहिलेसम्म चार वस्तुको प्रतिबन्ध भने कायमै थियो ।
अमेरिकी डलर आकासिएको बेला सरकारले बिसाली वस्तुको आयत खुला गरेको छ । यसले भविश्यमा मुद्रा संचितीमा समस्या ल्याउन सक्ने बताइएको छ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज डलरको खरिद दर १३१ रूपैयाँ ८९ पैसा र बिक्री दर १३२ रूपैयाँ ४९ पैसा रहेको छ।
त्यसैगरी जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ भने युरो एकको खरिद दर १३८ रूपैयाँ ४४ पैसा र बिक्री दर १३९ रूपैयाँ ०७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ६२ पैसा र बिक्री दर १६१ रूपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०९ पैसा र बिक्री दर ३६ रूपैयाँ २६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।