आज :

क्यानाडा भ्रमणमा नेपाली क्रिकेट टोलीको विजयी सुरूआत

  • अनलाइन डबली

काठमाडौँ । क्यानडा भ्रमणमा रहेको नेपालले विजयी सुरूआत गरेको छ। आफ्नो पहिलो अभ्यास खेलमा क्यानडाको स्थानीय ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको घरेलु टोली ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अल आउट भयो।

उसका लागि ओपनर रियाजखान पठानले सर्वाधिक ३६ रन बनाए। यस्तै नरेश बुढाऐरले २९ रन बनाउँदा निकोलस मनोहरले २५ र जश शाहले २० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि पवन सरार्फले सर्वाधिक ३ विकेट लिए। उनले ६ ओभरमा २८ रन खर्चिएका थिए। यस्तै आरिफ शेखले ६ ओभरमा १२ रन खर्चेर २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। किशोर महतोले ६ ओभरमा २३ रन खर्चेर समान २ विकेट हात पारे।

त्यसअघि किंग सिटीस्थित मेपल लिफ मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनायो। नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५७ रन बनाए। ५९ बल खेलेका उनले ८ चौकासहित अर्धसतक पुरा गरे।

ओपनर आसिफ शेखले ४२ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेल १३ रनमा आउट भए। पहिलो विकेटका लागि आसिफ र कुशलले १०.१ ओभरमा ३१ रनको साझेदारी गरेका थिए।

यस्तै देव खनालले २७ रन जोड्दा उपकप्तान रोहित पौडेल २ रनमा क्याच आउट भए । दीपेन्द्रसिंह ऐरी र आरिफ शेख समान १९-१९ रनमा आउट भए। बसिर अहमदले २४ रन बनाउँदा आदिल अन्सारीले १० रन जोडे।

ओन्टारियोका शील पटेलले १० ओभरमा ३० रन खर्चेर सर्वाधिक ३ विकेट लिए। अम्मार खलिद, किनान् तिन्टो, जाडे पेडमोर र दर्शिल पटेलले १-१ विकेट लिए।

नेपालले अब क्यानाडासँग दुई एकदिवसीय खेल खेल्नेछ। त्यसपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal