आज :

सरिता गिरी भारतीय कठपुतली हुन्, देश निकाला गरौंः नायक खड्‍का

सरिता गिरीको उदण्डता कुनै हालतमा क्षम्य छैन । उनका हालका अभिव्यक्तिहरु नेपालको संविधानविरुद्ध छ। नेपाली जनताको देशभक्ति भावनामा ठेस पुर्‍याउने नियतले अभिप्रेरित छ। उनले जुन शक्तिलाई रिझाउन चाहेर बोलेकी छिन्, त्यस शक्तिले पनि देशघातीबाट जुनसुकै बेला धोका हुनसक्छ भन्ने लिखत राखेको हुन्छ। कुनै पनि सभ्य मुलुकले अर्को मुलुकका देशभक्तलाई मन पराउँछ, राष्ट्रघातीलाई होइन।

उनी जस्तालाई थाहा होस्– अङ्ग्रेजहरुले भक्ति थापाको मृतक शरीरको दर्शन गरेर झुकेका थिए। उनै भक्ति थापाको देशभक्तिका लागि सम्मानस्वरुप नालापानीमा स्तम्भ गाडेका थिए। त्यस्ता सम्मानितले नै बहादुरीका साथ आर्जेको भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक हो। आज हामी त्यसै भूमिका लागि भारतसँग जुझिरहेका छौं। तर गिरीजस्ता अङ्गिकृत नागरिकहरु हामीविरुद्ध भारतीय कठपुतली बनिरहेका छन्।

उनीहरुका नचाइ र बोलाइ मुलुकको सार्वभौमसत्ताविरुद्धको अपराध हो। यो मुलुकको संविधान बर्खिलाप छ र राज्यविरुद्धको अपराधको सजायभागी छ। देशको संसद जस्तो गरिमामय पदमा रहँदारहँदै आएको उनको अभिव्यक्ति विश्वका संसदीय परम्परा तथा मान्यता विपरित हो। मुलुकको सम्मानित सदनमा सीमा दावी सम्बन्धी प्रस्ताव राखिएकोबेला यसका बर्खिलाप बोल्नुको नियत राष्ट्रको दाबी विरोधलाई कमजोर बनाउने अभिप्राय हो।

गिरी थर उनले श्रीमानबाट पाएकी हुन् र उनको अङ्गिकृत नागरिकता श्रीमान कै कारणले पाएकी हुन्। उनले बुझ्नु पर्छ– संसारका कुनै पनि मुलुकमा विदेशी नागरिकले नागरिकता पाउनका लागि त्यस मुलुकको संविधान पालन गर्ने कसम खानुपर्छ र संविधानमा उल्लेखित भाषा बोल्नसक्ने हुनुपर्छ। अमेरिकालगायत विकसित मुलुकहरुमा विदेशीले नागरिकता पाउन भाषाको दक्षता भएको प्रमाण दिनुपर्छ र संविधानको पालना गर्ने कसम खानु पर्छ। त्यो उनले बुझ्नु पर्छ– नबुझे राज्यले संविधान र कानून अनुसार बुझाउन कारवाही थाल्नुपर्छ।

संविधानले हिन्दी भाषालाई राज्यमा बोलिने भाषाको रुपमा स्वीकार गरेको छैन। नगर्नुको कारण स्पष्ट छ– यसले तराइमा बोलिने भाषा मैथिली, भोजपुरीलगायतका भाषाहरुलाई विलोप गराउँछ। हो हिन्दीलाई मैथिली, भोजपुरी भाषालगायतका भाषा र भाषिले बुझ्न थालेका छन्। यसो हुनु हिन्दीले ती भाषाहरु मिचेको कारण हो। तर यो मिचाहा हिन्दी भाषा तराइका लागि सम्पर्क भाषा हुन सक्दैन।

तराइका भाषिका क्षेत्रका सीमानामा रहेका दुवै भाषिकाहरु दुवै (मैथिली, भोजपुरी भाषा) भाषा बोल्न सक्छन् र बुझ्छन्। जसरी भारतमा यो हिन्दी भाषा उत्तर भारत र दक्षिण भारतका लागि सम्पर्क भाषा हुन सकेको छैन त्यसरी नै यो हिन्दी भाषा नेपालको तराइवासीको सम्पर्क भाषा हुन सक्दैन। स्मरण रहोस्, वर्षेनी सयौं हिन्दी सिनेमा बनाउने मुम्वइमा समेत यो भाषा सम्पर्क त के कामकाजीका रुपमा पनि स्वीकार्य छैन।

नेपाली राज्यले तराइमधेशमा केही पक्षपात गरेको छ र शासक वर्गले हेयभाव तथा भेदभाव गरेको छ। तर यसलाई ढाल बनाउँदै सदनमा हिन्दी बोल्नु तराइका गैर नेपाली भाषिप्रति सरिता गिरीको सद्भाव होइन। यसले तराइ सीमामा हुने भारतीय राज्यबाट हुने दुर्व्यवहार र अपमानलाई सहनपर्ने अवस्था कायम गर्नमात्र सघाउ पुर्‍याउँछ। यसले आमरुपमा वोलिने मैथिली, भोजपुरी भाषा तथा सभ्यता र संस्कृतिलाई अन्तत नमियानामेट गर्छ। यही कुरा बुझेर मैथिली, भोजपुरी भाषाहरुको उत्थानमा लागेकाहरु हिन्दी भाषाको विरोधमा मसिनो स्वरमा उठाइरहेका छन्। तिनीहरुलाई गिरी जस्ता अङ्गिकृत नागरिकले सम्पर्क भाषा हिन्दी हो भनेकोमा अलिकति पनि समर्थन गरेका छैनन्।

हिन्दी सम्पर्क भाषा हो भन्नु आदिवासी नागरिकका विरुद्ध अङ्गिकृत वा कृतिम नागरिकको आक्रमण हो। यो सहनै नसकिने गरी भर्त्सनायोग्य छ। त्यसमाथि पहिचानका लागि मूलधारका दलहरुलाई त्याग गरी पहिचान आन्दोलन गर्ने विभिन्न व्यक्तित्वहरुको समाजवादी पार्टीको स्पिरिट विरुद्ध पनि छ।

यसर्थ संविधानविरुद्ध, संसदीय मान्यता प्रतिकुल, समाजवादी पार्टीको पहिचानका लागि आन्दोलन विरोधी भएका कारणले राज्यले संवैधानिक र कानूनी दायराभित्र ल्याउन कार्वाही गर्न, गरिमामय संसदले अन्तर्राष्ट्रिय जगतका संसदीय मान्यता र परम्पराको अनुपालन गराउन र समाजवादी पार्टीले पहिचान विरोधी कर्तुतलाई समयममै पहिचान गरी उनलाई कारवाहीका लागि सम्वन्धित पक्षसँग अनुरोध गर्दछु।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal