काठमाडौँ । लामो तयारीपछि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार तयारी गरेकी छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कार्कीले आज चार मन्त्री थपेर मन्त्रीलाई बिस्तार गर्न लागेकी हुन् ।
स्रोतका अनुसार डा. सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या, खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको बताइएको छ ।
यसअघि जेनजीबाट मन्त्री नबनाएको भन्दै चौतर्फी विरोध भएको थियो । यसपटक जेनजीबाट गुप्तालाई मन्त्री मनाउन लागिएको छ । नयाँ मन्त्रीको शपथको कार्यक्रम पनि आजै राखिएको छ ।


अनलाइन डबली



