काठमाडौं । नेपालमा थप एकजनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौँमा थप एकजनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ । यो सँगै नेपालमा तीन जनामा कोरोना संक्रमण भएको छ ।
केही दिन पहिले विदेशबाट नेपाल आएका युवकमा कोरोना संक्रमण भएको पुष्टी भएको हो । रुघाखोकी र ज्वरो आएपछि टेकुस्थित शुक्रराज सरुवा रोग अस्पताल पुगेका थिए । उनको हिजो राति मात्र रिपोर्ट आएको थियो ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले थप एक जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
उनको अहिले आइसोलेशन वार्डमा राखेर उपचार सुरु गरिएको छ ।
सअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो ।
चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको टेकुमै उपचार भइरहेको छ ।