आज :

मकवानपुरको ऋषेश्वर सामुदायीक वनका पदाधिकारीवरुद्ध अख्तियारमा उजुरी

  • अनलाइन डबली

काठमाडौँ । मकवानपुरको ऋषेश्वर सामुदायीक वनका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बकैया गाउँपालिकास्थित उक्त वनमा विगत लामो समयदेखि समितिका पदाधिकारीकै अगुवाईमा अबैध फडानी गरिरहेको भन्दै स्थानीय युवाहरुले अख्तियारमा उजुरी दिएका हुन् ।

अख्तियार स्रोतका अनुसार समितिका अध्यक्ष नरबहादुर बास्कोटासहित वर्तमान र पूर्व पदाधिकारीसँगै स्थानीय जनप्रतिनिधिविरुद्ध उजुरी परेको हो । उजुरीमा २०६६ सालदेखि हालसम्म वनका कर्मचारीसँगको मिलेमतोमा समितिका पदाधिकारीहरुले आफ्नो स्वार्थ पूरा गर्न अवैधरुपमा वन फडानी गरिरहेको उल्लेख छ ।

उजुरीमा मानबहादुर मोक्तान (२०६६ सालको उपभोक्ता वन समिति अध्यक्ष, आइतमान जिम्बा (२०७७/०७८ सालका अध्यक्ष), नरबहादुर बास्कोटा (हालका अध्यक्ष), दुर्गाबहादुर स्याङ्तान (सचिव), कुन्साङ मोक्तान (श्रीमति समिति सदस्य), तोकबहादुर स्याङ्तान (ठेकेदार तथा लगानीकर्ता) र जनप्रतिनिधि (वडा सदस्य) गणेश लामामाथि छानविन गरी कारवाहीको माग गरिएको छ ।

अध्यक्ष बास्कोटाले वन डिभिजन कार्यालयबाट ल्याएको कटानी सहमतिभन्दा धेरै काठ काट्दै आएको उजुरीमा उल्लेख छ । काठ तस्करसँगै काठमाडौँबाट भाडाका गुण्डाहरु लिएर स्थानीयलाई गाउँ प्रवेशमा रोक लगाएर कटानी गरिरहेको स्थानीयले बताएका छन् ।

समितिका पदाधिारीहरुले माओवादी नेतामाथि हतियार प्रहार गरेपछि पक्राउ परी जेल जीवन बिताएका चोरबाबु भनिने गुण्डा नाइके बाबु लामालाई बोलाएर स्थानीयलाई धम्काउन लगाएको आरोप छ । लामाको नाम लिएर समितिका पदाधिकारीले नै स्थानीयलाई धम्काइरहेको आरोप छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal