काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ-नामको हत्यामा संलग्न भएको आरोप लागेकी इन्डोनेसियाली महिला रिहा भएकी छिन् ।
इन्डोनेसियाली महिला सिती आइसामाथि लागेको हत्या आरोप फिर्ता लिएसँगै उनी रिहा भएकी हुन् । उनीसँगै भियतनामका डोएन थी हुओङमाथि नामको हत्यामा संलग्न भएको आरोप लागेको थियो ।
नामको अनुहारमा मलेसियाको क्वालालम्पुर विमानस्थलमा सन् २०१७ मा विषाक्त चिज छर्किएको आरोप उनीहरुमाथि लगाइएको थियो ।
उनीहरुले दुवैले आरोप अस्वीकार गरेका छन् । नाममाथि सन् २०१७ को फेब्रुअरी १३ मा विषाक्त चिज प्रहार भएको थियो । उपचारका क्रममा उनको निधन भएको थियो ।