आज :

अखिल (क्रान्तिकारी) सुप प्रदेश समितिले सरकारलाई दियो चेतावनी

  • अनलाइन डबली

काठमाडौं । अखिल (क्रान्तिकारी)को सुदूरपश्चिम प्रदेश समितिले कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपलब्धिमा प्रभाव पार्नेगरी अनावश्यक हस्तक्षेप भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । समितिले आज प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।

गत असोज ३० गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकबाट एमबिबिएससहित स्वास्थ्य विज्ञानका विभिन्न कार्यक्रमको लागि ९० सिट निर्धारण गरिएको थियो । तर पछिल्लो समय डा. गोविन्द केसीसँग सम्झौता गर्ने बहानामा उक्त निर्णयमाथि पुनर्विचार गर्ने सरकारको निर्णयले हजारौँ विद्यार्थीको भविष्य र समग्र प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा अवरोध सिर्जना गरेको क्रान्तिकारीको ठहर छ । उनीहरुको माग छ, ‘विश्वविद्यालयका लागि निर्धारण गरिएका ९० सिट कुनै पनि बहाना वा प्रक्रियाका नाममा कटौती वा खारेज नगरियोस् र ती सिटको सुनिश्चिततासहित शैक्षिक कार्यक्रम तत्काल बढाइयोस् ।’
पदाधिकारीको योग्यता र नियुक्तिसम्बन्धी व्यवस्थालाई आधार बनाएर अध्यादेशमार्फत विश्वविद्यालयको ऐन संशोधन गरी नयाँ नियुक्ति प्रक्रिया अघि बढाउने सरकारको तयारीप्रति पनि क्रान्त्रिकारीले आपत्ती जनाएको छ । खुला प्रतिस्पर्धा र स्थापित विधि तथा प्रक्रियाबाट नियुक्त भएका पदाधिकारीलाई विस्थापित गर्नुपर्ने आवश्यकता र औचित्यको कुनै आधार समेत नदेखाइ सरकारले अध्यादेश ल्याउन लागेको र त्यसले विश्वविद्यालयको शैक्षिक गुणस्तर, संस्थागत विकास र कार्यसम्पादनलाई प्रत्यक्ष असर पार्ने जोखिम बढेको पत्रमा अवगत गराइएको छ । अघि भनिएको छ, ‘पदाधिकारीलाई प्रतिशोधपूर्ण ढङ्गले पदमुक्त गर्ने उद्देश्यले अध्यादेशमार्फत ऐन संशोधन गरी नयाँ नियुक्ति प्रक्रिया अघि बढाउने कार्य तत्काल रोकियोस् ।’

विश्वविद्यालयलाई आफ्नो निजी सम्पत्तिजस्तो ठानेर सुदूरपश्चिमवासीको सपना र भविष्यसँग खेलवाड नगर्न पनि क्रान्तिकारीको चेतावनी छ । ‘विश्वविद्यालयको उपलब्धिमाथि हस्तक्षेप गर्ने, निर्धारित सिट कटौती गर्ने, संस्थागत अस्थिरता सिर्जना गर्ने तथा यसको स्वायत्तता र पहिचान कमजोर पार्ने प्रयास तत्काल रोक्न नेपाल सरकारसँग जोडदार आग्रह गर्दछौं’, उनीहरुको भनेका छन्, ‘अन्यथा विद्यार्थी, अभिभावक, नागरिक समाज तथा समग्र सुदूरपश्चिमवासीको सहभागितामा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछौं ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal