काठमाडौ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। हालै एक प्रेस वक्तव्य जारी गरि सो जानकारी दिएको हो ।
यस अफरअन्तर्गत ग्राहकहरूले २०० एम बी पी एस इन्टरनेटको ३ महिनाको शुल्क रु. ५,७००/- मा ७ महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्।
यस अफरमा ग्राहकहरूले ४ महिनाको इन्टरनेट बोनस, वाइफाइ सिक्स राउटर तथा निःशुल्क जडानको सुविधा प्राप्त गर्नेछन् ।
दशैंको अवसरमा ग्राहकलाई थप बचतसँगै उच्च गतिको भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले यो अफर सार्वजनिक गरेको क्लासिक टेकले जनाएको छ।
अफरसम्बन्धी थप जानकारी तथा सेवा लिनका लागि ग्राहकहरूले [email protected], ०१-५९७०१२८ वा ९७०९१८४१४७ मा सम्पर्क गर्न सक्नेछन्। www.classic.com.np (https://www.classic.com.np)
सर्तहरू लागू हुनेछन्।


अनलाइन डबली



