आज :

‘बढी प्रभावित क्षेत्र र नागरिकको दीर्घकालिन् व्यवस्थापनका लागि चीन र भारसँग क्षतिपूर्ति लिनुपर्छ’

  • अनलाइन डबली

काठमाडौं । सरकारी उदाशिनताको कारण भोटेकोशी क्षेत्रमा हजारौंको संख्यामा मानवीय क्षति भएको सरोकारवालाले आरोप लगाएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले ‘भोटेकोशी बाढीः कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनिहरुले चीन र भारतसँग क्षतिपूर्ति माग्नु पर्ने धारणा राखेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले ‘भोटेकोशी बाढीः कारण र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । ओलीले राहत तथा उद्धार कार्यमा सरकारी उदशिनताको कारण अत्याधिक मानवीय क्षति भएको दाबी गरेका हुन् । उनले सरकारले प्रदेश, स्थानीय सरकार र जनतासँग समन्वय नगरी ‘हामी नेपाली’ भन्ने गैर–सरकारी सँस्थालाई अगाडि सार्नु र त्यसैलाई सर्वेसर्वा बनाएको आरोप लगाए ।
ओलीले बाढी पीडितलाई तत्काल राहत तथा स्थायी भोगचलनसहतिको अन्यत्र पुर्नवासको व्यवस्थाको माग गरे । अत्यधिक ‘हरितगृह ग्याँस’ उत्सर्जनले जलवायू परिवर्तनको मारमा नेपाल परेको भन्दै ओलीले विकसित देशहरुसँग क्षतिपूर्तिको जोडदार माग राख्नुपर्ने जनाए । साथै सरकारले राहत उद्धारमा एकद्वारका नाममा व्यापक भ्रष्टाचारको आशंकासमेत गरेका छन् ।

प्रकृतिक संरक्षणविद डा.दिपक पौडेलले बढी आउनुको कारण, क्षतिको विवरण र समाधानसम्म कार्यपत्रमाले संक्षितमा समग्र विषय समेटेको बताए । उनले बाढी प्राकृतिक कम हरितगृह ग्याँस उत्सर्जनको प्रभाव ज्यादा भएको उल्लेख गरे । पौडेलले दीर्घकालिन समस्या समाधान तथा क्षतिपूर्तिका लागि राष्ट्रिय सहमतिसहित अन्तर्राष्ट्रिय स्तरमा जोडदार माग गर्र्नुपर्ने धारणा राखे । भारत, चीन र अमेरिकालगायतका देशले अत्यधिक हरितगृह ग्याँस उत्सर्जन गरिरहेको बताउँदै, पौडेलले भारतले विज्ञमार्फत क्षतिपूर्तिबाट जोगिन ‘भोटेकोशीको बढी प्राकृतिक मात्रै’ भन्न थालेको जनउँदै त्यसप्रति सतर्क हुनुपर्ने सुझाव दिए ।

पूर्व राजदुत डा. निर्मल विश्वकर्माले जलवायु परिवर्तनले गर्दा नेपाललाई ‘नखाएको विष लागेको’ बताए । उनले हरित गृह ग्याँस उत्सर्जनमा नेपाल १६१ औं देशमा रहे पनि जलवायु जोखिमका हिसाबले चौथो स्थानमा रहेको बताए । विश्वकर्माले सो क्षतिलाई केही विकसित देशले क्षतिपूर्तिबाट बच्न नियोजितरुपमा प्रकृतिक भनिरहेको बताउँदै विशेष गरेर छिमेकी इण्डिया र चीनसँग माग्नुपर्ने धारणा राखे ।

नेकपा(बहुमत)का अध्यक्ष धर्मेन्द्र बास्तोलाले हप्ता दिनसम्म पनि विदेशी विज्ञहरुलाई उद्धारमा अनुमति नदिदा थप मानवीय क्षति भएको दाबी गरे । कतिपय स्वदेशी तथा विदेशी दत्री नियकायलाई वेवास्ता गरेको र तिनीहरुलाई सरकारले आफूले तोकेको आइएन्जीयो मार्फत आउन भन्नुले सरकार संस्थागत भन्दा व्यक्तिगत स्वार्थमा चलिरहेको हुनसक्ने बास्तोलाको कथन छ ।

वैज्ञानिक समाजवादी पार्टीका नेता जागृत रायमाझीले वर्तमान सरकारले प्राकृतिक विपत्तिमा पनि भ्रष्टाचार तथा राजनीतिक स्वार्थ देखाएको आरोप लगाएका छन् । रायमाझीले बाढीमा विदेशी प्राविधिक सहायतालाई मात्रै नरोकी स्वदेशी जनशक्ति र सहयोगी हतहरुलाई बाँधेको उनको कथन छ । “हामी नेपाली नामक संस्थालाई सर्वेसर्वा बनाईयो, नेपाली सने र उसैले मात्रै उद्धार गर्ने अवस्था थिएन तर किन यस्तो गरियो यो गम्भीर विषय बन्यो” रायमाझीले प्रश्न गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीषले तत्काल जनतालाई उद्धार गरेर भोटेकोशी क्षेत्रका बस्तिलाई भू–उपयोग नीति बनाएर उपयुक्त ठाउँमा स्थानन्त्ररण गर्नुपर्ने माग राखे ।
पार्टीका अर्का स्थायी समिति सदस्य हरिभक्त काँडेलले बालेन सरकारले हालैको बढीको महाविपत्तिमा पनि जनताप्रति संवेदनाहिन कार्य गरेको आरोप लगाए । काँडेलले विभिन्न राजनीतिक पार्टी, संघीय, प्रादेशीक र स्थानीय सरकार र स्थानीय जनतासँग समन्वय नगरी एकलौटी गर्दा धेरै मानवीय क्षेति भएको आरोप लगाए । “केन्द्रीकरणको नाममा एकलौटी तथा स्वेच्छाचारी ढंगले राहत उद्धार गर्दा हजारौं नागरिकले ज्यान गुमाए, यसमा ‘हामी नेपाली’ नामक संस्था र नेपाली सेनालाई मात्रै अधिकार दिनुका पछाडी ठूलो भ्रष्टाचारको खेलको गन्द पनि आएको छ” काँडेलले भने ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले उत्तरी छिमेकी चीनसँग समन्वय गरी हिमालय बारे अध्ययन तथा अनुसन्धान गरी दीर्घकालिन समस्या समाधान गर्न सकिने धारणा राखे । हरित घृह ग्याँस अत्यधिक उत्सर्जन गर्ने अमेरिका, चिन, भारत लगायतका विकसित देशहरुले क्षतिपूर्ति दिनुपर्ने र त्यसका लागि सरकारको दृढ इच्छा शक्तिको खाँचो रहेको कट्टेलको कथन छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा टोलीको नेतृत्व गरेर बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार कार्यमा खटिएका अमिर महर्जनले सरकारको खातामा अरबौंको रहत थन्किदा पीडिको हातमा राहत नपुगेको दाबी गरे । पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका महर्जनले जनतालाई न्युनतम आवश्यकताका सामग्रिको पनि अभाव रहेको जनाए ।

सो पार्टीका रसुवा इन्र्चाज तथा बढी पीडित बद्री चापागाईले सरकारले उद्धारकार्यमा ढिलाई गरेका कारण ठूलो धनजनको क्षति भएको आरोप लगाए ।

पार्टीका नुवाकोट सचिव तथा पीडित अर्जुन लामाले अहिले पनि बाढी पीडितहरुलाई सरकारले उचितढंगबाट राहत उद्धार नगरेको भन्दै चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal