राज्यले जेनजी जनक परियारलाई गरेको गिरफ्तारीलाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान र कानुन विपरित भएको दाबी गरेका छन् । आइतबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा त्रिपाठीले नागरिकले बोल्न पाउने अधिकारको हनन गरेकोसमेत आरोप लगाएका छन् ।
राष्ट्रिय जागरण अभियानका संयोजकसमेत रहेका परियारको कोही छैन भनेर राज्यले उनको आवाज थुनेर अरुलाई तर्साउन खोजेको त्रिपाठीको दाबी छ । “अरु शक्तिसालीहरुलाई छुननसक्ने, रास्वपाका अराजक व्यक्तिको संरक्षण गर्ने तर जनक जस्तो दर्गुमबाट आएको दलितको छोरो भनेर ‘होचाको मुखमा घोचो’ गरेर सरकारले ठूलो भूल गरेको छ, यदि त्यस्तो हो भने अब हामी उनको साथमा छौं” त्रिपाठीले भने । सत्ताशीनहरुले नागरिकको आलोचनालाई सुझाव ठान्नुको सट्टा चुनौतिकारुपमा लिएर आवाज थुन्ने कार्यले उसको असफलता निश्चित भएको त्रिपाठीको कथन छ ।
अधिवक्ता यमकुरमारी ददेलले जनक परियारलाई थुनेर जनताको वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको जनाईन् । ददेलले परियारलाई पक्राउ गर्दा ‘जरुरी पक्राउ पूर्जि’ थमाएर गिरफ्तार गर्नु राज्यको तानाशहीता रहेको जनाइन् । जरुरी पक्राउपूर्जी जगन्य अपराधीलाई मात्रै दिने कानुनी व्यवस्थालाई लत्याउँदै पकड्नु सरासर राज्यले शक्तिको दुरुपयोग गरेको ददेलको भनाई छ ।
दलित मुक्ति अभियानका दलमर्दन कामीले राज्यले तमाम शक्तिशाली व्यक्तिहरुलाई छुन नसकेर जनकलाई कमजोर ठानेर गिरफ्तार गरेको आरोप लगाए । “मैले पनि बालेन सरकारका गलत रबैयाहरुको पर्दाफास गरिरहेको छु, हिक्मत छ भने मलाई गिरफ्तार गरेर देखाए हुन्छ” कामीले चुनौति दिए ।
श्रम संस्कृति पार्टीका युवा नेता निर्मल परियारले सरकारले राहत तथा उद्धार कार्यमा भएको उदाशिनता तथा सरकारका जनविरोधी कदमको विरोध गर्दा नागरिक थुन्ने विषय गम्भीर रहेको जनाए ।
बालेन सरकारले आफ्ना जनविरोधी हर्कतको ढाक–छोप गर्न जनक लगायतका नागरिकको आवाज थुन्ने कार्य गरेको आरोप लगाए ।
दलित अभियान्ता गणेश गोतामेले जनकलाई मात्रै राज्यले बारबार गिरफ्तार गर्ने विषयले सिंगो दिलित समुदाको रास्वपा सरकारप्रति गम्भिर प्रश्न खडा भएको बताए ।
राष्ट्रिय जागरण अभियानका संयोजकसमेत रहेका जनक परियारलाई शनिबार दिउँसो संवाद डबलीमा समसामयीक राजनीतिक विषयमा कार्यक्रम सम्पन्न गरिसकेपछि साँझा ५ः४५ बजे डबली प्राणङगण अनामनगरबाट प्रहरी परिसर भद्रकालीबाट आएको टोलिले गिरफ्तार गरेको थियो ।
आज जनक परियारले आयोजना गरेको कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई गिरफ्तार गरिएको थियो । सो कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीकोसमेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले बाढी पीडितलाई राहतभन्दा आहत दिएको प्रतिक्रिया दिएका थिए ।
यसअघि जेठ १५ गते विवादास्पद अभिव्यक्ति दिएको भन्दै परिसर भद्रकालीले गिरफ्तार गरेको थियो । एकप्तापछि सर्बोच्च अदालतले तरेखमा छाड्न आदेश दिएपछि रिहा भएका थिए । उनले भरखरै मात्र तारेख थामेर आएको र मंसिर २२ गतेको लागि अदालत उपस्थित हुने तारेख लिएर आएको परिवारका एक सदस्यले बताए ।


अनलाइन डबली



