आज :

धनुषामा ‘साहु महाजन’ले निकाले जुलुस, १ गतेदेखि काठमाडौंमा धर्ना दिने चेतावनी

  • अनलाइन डबली

जनकपुर । पैसा ब्याजमा लगाउने ‘साहु महाजन’हरुले जनकपुरधाममा विशाल विरोध जुलुस निकालेका छन् ।

मधेश प्रदेशका आठवटै जिल्लाका करीब सातसय बढी साहु महाजनहरुले जनकपुरधामका मुख्य चोक हुँदै जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला अदालत कार्यालय धनुषा अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ९ बुंदे सम्झौता खारेज गर, गृहमन्त्री मुर्दावाद, खाएको ऋण तिर्ने पर्छ लगायतका नारा लगाउँदै जनकपुरधामा विरोध जुलुस निकालेका छन् ।

सो क्रममा बोल्दै पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति मधेश प्रदेशका अध्यक्ष विजय यादवले अबको आन्दोलन थप शसक्त हुने बताए ।

उनले १ गते ८ वटै जिल्लाका साहु महाजनहरु काठमान्डौका लागि निस्कने जानकारी दिए । उनका अनुसार काठमान्डौको सिंहदरबार र माइतीघर मण्डला अगाडि अनिश्चितकालिन धर्नामा बस्ने कार्यक्रम रहेको छ ।

नेपाल सरकारले केही दिन अघि मिटर ब्याज पीडितहरुसँग गरेको नौं बुँदे सम्झौता दुइतर्फी मात्र रहेकाले आफूहरुसहित बसेर तीन पक्षबीच त्रीपक्षीय सम्झौता गर्नुपर्ने अध्यक्ष यादवले आफूहरुको माग रहेको बताए ।

उनले केही ऋणीहरुको कारणले सम्पूर्ण लगानीकर्तालाई मिटरब्याजीको संज्ञा दिनु अनुचित रहेको बताए । उनले बेला बखत आवश्यक परेको बेला दिएको ऋण सरकारले सोझै नतिर्ने वातावरण बनाइदिएको आरोप लगाए ।

विरोध प्रदर्शनको क्रममा जिल्ला प्रशासन कार्यालय अगाडि साहु महाजनहरुले नौं बुँदे सम्झौत पत्र जलाएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal