काठमाडाैं । आफ्ना माग सम्बोधन हुनुपर्ने माग राख्दै लघुवित्त पीडितहरू काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत छन्।
खुला आकाशमुनि छाता र पालको सहारामा दिनरात बिताउँदै आएका पीडितहरूले आफूहरू आर्थिक, सामाजिक र मानसिक पीडामा परेको गुनासो गरेका छन्।
लघुवित्त संस्थाहरूबाट लिएको ऋण, चर्को ब्याज, असुलीको दबाब र आफूहरूमाथि भएको भनिएको अन्यायविरुद्ध उनीहरू लामो समयदेखि आवाज उठाउँदै आएका छन्। तर, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्य पक्षबाट प्रभावकारी पहल नभएको उनीहरूको आरोप छ।
पीडितहरुले गरिवको गीत गाउँदै बनेको सरकारले आफूहरुका मागबारे गम्भीरतापूर्वक नलिएको बताए । उनिहरुले हामी माइतीघरमा छाैं भन्दै सरकार कहाँ छ ? प्रश्न गरे ।



अनलाइन डबली

