
काठमाडौँ । नेपाल स्काउटमा पनि भिजिट भिसाको नाममा मानव तस्करी हुने गरेको तथ्य फेला परेको छ । नेपालबाट विभिन्न देशमा हुने विश्व कार्यक्रम ज्याम्बोरीमा भिजिट भिसामा सहभागी हुनेमध्ये केही उतै लुक्ने गरेको हुन् ।
सन् २०२२ जुलाई २२ देखि ३१ सम्म डेनमार्कमा ‘डेनमार्क ज्याम्बोरी २०२२’ सम्पन्न भयो । उक्त कार्यक्रममा नेपालबाट २० जनाको टोली सहभागी भएको थियो ।
स्रोतका अनुसार सोही टोलीमा काठमाडौँ जोरपाटीका नविन कार्की र कानुन लामिछाने पनि थिए । तर, कार्की र लामिछाने नेपाल फर्किएन ।
लामिछाने नेकपा एमालेका कार्यकर्ता हुन् भने कार्की हाल तालिम आयुक्त सन्तोष कुमार थापाका भान्जा । कार्की डेनमार्कबाट पोर्चुगल पुगेको बताइएको स्रोतको दाबी छ ।
त्यसैगरी २५ औं कोरिया ज्याम्बोरी २०२३ अगष्ट १ देखि १२ सम्म कोरियामा चलेको थियो । त्यसमा नेपालबाट हुन एकसय ६३ जना सहभागी भएका थिए । जसमध्ये दोलखा मेलुङका सचिन ठोकर, काभ्रेको तेमाल गाउँपालिकाका स्काउट संयोजक पाल्देन तामाङ, कैलालीकी मेघाकुमारी रेउले, मकवानपुर स्थायी ठेगाना भई हाल ललितपुर बस्ने रसिला राई कोरियामै लुके ।
तर, स्राेतका अनुसार रिसला पछि नेपाल फर्किएकी थिइन् । उनले त्यसअघि वैदेशिक रोजगारीको लागि कोरिया जान पटकपटक प्रयास गरेको स्काउटकर्मी नै बताउँछन् ।
स्रोतका अनुसार सूर्य विनायक नगरपालिका नगर स्काउट प्रमुख स्रोतका अनुसार कृष्णा सचिन ठोकरकी बहिनी पर्छन् । उनकै पहलमा सचिन कोरिया लुक्न सफल भएको स्रोतको दाबी छ ।
स्रोतको दाबीअनुसार नफर्किएकाहरू कोरियामै लुकाउन कृष्णाले निर्देशक रामप्रसाद भट्टराईसँग सेटिङ गरेको र मोटो रकम समेत खर्च गरेकी थिइन् ।
तर, कृष्णाले आफूले सचिनलाई नचिनेको बताइन् । सचिन आफ्ना दाजु नभएको र आफूले नचिनेको कृष्णाको दाबी छ । सचिन दोलखामै एक विद्यालयका प्र.अ. समेत थिए ।
यस विषयमा कृष्णाले हामीलाई भेटेर सबै कुरा बताउने बताएकी थिइन् । उनले अफिल बाहिर भेटौं भनेको तर हामीले बाहिर भेट्न नमान्दा भेट हुन सकेन ।
नेपाल स्काउटले धेरैको जिभिट भिसा रास्वपा उपसभापति डिपी अर्यालको सुमिरे टुर एन्ड ट्राभल्समार्फत लिने गरेको बताइन्छ ।
यस विषयमा हामीले नेपाल स्काउटका प्रमुख स्काउट देवराज घिमिरेले आफू आउनुभन्दा पहिलेको कुरा भएको बताए । उनले यस्ता घटनाले संस्थाको बदनाम हुने बताउँदै यसबारे के भएकाे हाे भन्ने विषयमा आफूले प्रशासनसँग बुझेर जानकारी गराउने बताए । तर, पछि सम्पर्कमा आउन चाहेनन् ।
याे पनि पढ्नुहाेस्