आज :

नेकपाको महासचिवमा उमा भुजेल निर्वाचित, विचार मिल्नेसँग एकता र मुद्धा मिल्नेसँग सहकार्य गर्ने निर्णय

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा उमा भुजेल ‘शिलु’ निर्वाचित भएकी छन् । शनिबार काठमाडौँमा सम्पन्न पार्टीको पहिलो राष्ट्रिय भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।

विप्लव नेतृत्वको नेकपाबाट अलग भएपछि ‘स्वधिनता समृद्धि र समानताका लागि कम्युनिस्ट एकता, समाजवादको आधार निर्माण आजको आवश्कता’ नारासहित भेलाको आयोजना गरिएको थियो ।

भेलामा महासचिव भुजेलले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रदेश र जबसबाट आएका सुझावसहित पारित गरिएको महासचिव भुजेलले जानकारी दिनुभयो । राजनीतिक प्रस्तावमा अहिलेको आवश्यकता कम्युनिस्टहरुबचि सहकार्य एकता र पुनर्गठन उल्लेख गरिएको थियो । विचार मिल्नेसँग एकता र मुद्धा मिल्नेसँँग सहकार्य गर्ने भेलाले निर्णय गरेको छ ।

भेलाको महासचिव भुजेलले उद्घाटन गर्नुभएको थियो भने भेषराज भुसालको अध्यक्षतामा अध्यक्षमा मण्डल गठन गरेर बन्दशत्र सुरु भएको थियो ।

भेलाको सञ्चालन प्रज्जवलन र स्वागत चन्द्र खड्का ‘असल’ ले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal