काठमाडौं । बाँकेकी रितु सिंहले आफ्नो श्रीमान गोविन्द महतारा विरुद्धको वैवाहीक जबरजस्तिकरणीलाई कमजोर बनाएको आरोप लगाएकी छन् । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि तत्कालिन अवस्थामा बाँके प्रहरी, सरकारी वकिल र कर्मचारीको मिलेमतोमा पीडकलाई उन्मुक्ति दिएको गुनासो गरेकी छन् ।
पीडित सिंहले २०८२ मा हालेको वैवाहिक जकको मुद्धामा बाँके जिल्ला अदालतले निज महतारालाई धरौटीमा रिहा गरे पनि उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले पुर्पक्षमा पठएको तर तत्काल सर्बोच्चले जिल्ला अदालतकै आदेशलाई सदर गरेपछि थप पीडा भएको गुनासो सिंहको छ ।
आफ्नो मुद्धालाई कमजोर पार्न बाँके जिल्ला सरकारी वकिल दशरथ गौतम र बाँकेको डुडुवा गाउँपालिका सचिवकारुपमा कार्यारत विद्याराम यादवले सबैभन्दा बढी चलखेल गरेको उनको आरोप छ । आफ्नो मुद्धालाई निस्कृय बनाउन दशरथ गौतमले अनेक हत्कण्डा अपानाएको उनले जनाइन् ।

त्यसै गरी पालिका सचिव यादवले स्थानीय निकायमा भएका दस्तावेज उपलब्ध गराउनका लागि १ लाख घुससमेत मागेको बताउँदै सिंहले भनिन्,“यादवले मागेको रकम दिन मैले इन्कार गरेपछि उनले ‘तपाईको श्रीमानले विवाह दर्तासम्बन्धी प्रमाण नदिन रोक लगाउनु भएको छ’ भन्नु भयो ।”
बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका ४ गणेशपुर निवासी तथा सडक पूर्वाधार विकास कार्यालय रोल्पा लिभाङ प्रमुख इन्जिनियर गोविन्द बहादुर महतारा क्षेत्रीसँग २०७४ मंसिर २६ गते विवाह गरेर वैधानीक श्रीमति भएको सिंहले बताइन् । श्रीमान महताराले पछि आफूमाथि जबरजस्तिकरणी गरेपछि कानुनी उपचारमा जान बाध्य भएको जनाईन् । “मेरो श्रीमान किन ममाथि यसरी हिंसात्मक व्यवहार र क्रुरुर बन्न हुन्छ भन्दा पछि थाहा भयो कि उहाँको अर्को पनि श्रीमति रहिछन्” सिंहले भनिन् ।
बारम्बार आफूमाथि वैवाहिक हिंसा चलिरहेपछि सहनै नसकी २०८२ मा आफूले ‘वैवाहीक जक’ सम्बन्धि मुद्धा हालेको र त्यसमा आफ्ना प्रयाप्त प्रमाण र आधारलाई अन्देखा गरी पुर्पपक्षमा थुन्नुपर्नेलाई धरौटीमा छाडेको उनको गुनासो छ ।
आफूले घटना भएलगत्तै बाँके प्रहरी समक्ष जाहेर दिन जाँदा प्रहरीले दर्ता गर्न इन्कार गरेको र पछिल्लो समयमा आएर वर्तमान प्रहरी प्रमुखले सहयोग गरेर मुद्धा केही हदसम्म अगाडि बढाउन मदत गरेको उनको कथन छ ।


अनलाइन डबली

