आज :

नेपाल स्काउटमा अख्तियारको पत्र, कार्यसमिति बैठकमा निर्देशक भट्टराईको राजिनामा माग

  • अनलाइन डबली

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईविरुद्ध परेको उजुरीकाे छानबिन प्रक्रिया अगाडि बढाएकाे छ । भट्टराईले निर्देशक नियुक्तिको लागि पेश गरेको शैक्षिक प्रमाणपत्र ‘नक्कली’ भएको भन्दै जेठ ५ गते छानबिनको लागि अख्तियारमा उजुरी परेको थियो ।

साेही उजुरीमाथि आयोगले छानबिन प्रक्रिया अगाडि बढाएकाे हाे ।

उजुरीमा भट्टराईले २०७६ सालमा निर्देशकको लागि दिएको आवेदनमा पेश गरेको शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएको भन्दै छानबिनको माग गरिएको छ ।

अख्तियारको पत्र युवा तथा खेलकुद मन्त्रालय हुँदै स्काउटको केन्द्रीय कार्यालयमा पुगेको स्रोतले जानकारी दियो । निर्देशक विदेश भ्रमण रहेकै बेला अख्तियारको पत्र मन्त्रालयमा पुगिसकेको थियो ।

प्रमुख आयुक्त देवराज घिमिरेले बुझ्न नमान्दा केही दिन अख्तियारको पत्र मन्त्रालयमै थन्किएको थियो । मन्त्रालयका अधिकारीको दबाबमा प्रमुख आयुक्त घिमिरेले पत्र बुझेको स्रोतले दाबी छ । ‘अख्तियारबाट आएको पत्र स्काउटमा पुगिसकेको छ, बाँकी के भइरहेको छ हामीलाई थाहा हुँदैन’ स्रोतले भन्यो ।

यस विषयमा प्रमुख आयुक्त देवराज घिमिरेलाई सोध्दा आफू नियमित कर्मचारी नभएको सबै कुरा थाहा नहुने भन्दै पन्छिए । उनले प्रशासनलाई सोध्न भने ।

आवेदन फारम र शैक्षिक प्रमाणपत्र फरक

भट्टराईले निर्देशकको लागि भरेको आवेदन फारम पेश गरेको शैक्षिक प्रमाणपत्रबीच फरक छ । आवेदनको शैक्षिक योग्यतामा ‘मस्टर इन कनफ्लिक्ट पिस एण्ड डेभलममेन्ट’ उल्लेख गरिएका छ । तर, पेश गरेका प्रमाणपत्रहरु ‘साइन्ट इन इन्फर्मेशन टेक्नोलोजी’ को छ ।

अर्को रोचक कुरा त के छ भने भट्टराईले आवेदन फारम आफूले नभरेर सन्तोष कुमार थापालाई भर्न लगाएका छन् । नातामा साथी उल्लेख छ । थापा हाल स्काउटको राष्ट्रिय शैक्षिक पद्धति आयुक्त छन् ।

हामीलाई स्रोतबाट प्राप्त भएको प्रमाणित प्रतिलिपी हेर्दा निर्देशक भट्टराईले नियुक्तिको लागि भारतको सिक्किम अनिपाल विश्वविद्यालयबाट ‘साइन्स इन इफर्मेशन टेक्नोलोजी’ मा स्नातक गरेको प्रमाणपत्र पेश गरेका थिए । उक्त विश्वविद्यालयले सन् २०१७ अक्टोबरमा ‘बी’ ग्रेड ल्याएर पास उल्लेख छ ।

अर्को गम्भीर कुरा त भारतको सर्वोच्च अदालतले सिक्किम राज्य बाहिरको सिकाई केन्द्रमार्फत उपाधि लिएकाहरुको उपाधि रद्द गर्ने फैसला समेत गरेको उजुरीमा उल्लेख छ ।

त्यसैगरी सिक्किम पनिपाल विश्वविद्यालयबाट भट्टराईले पास गरेको भनिएको प्रमाणपत्रलाई त्रिभुवन विश्वविद्यायलको पाठ्यक्रम विकास केन्द्रले बी.एससी. आईटी. लाई समकक्षता प्रमाणित गरेको छ । नेपालमा सन् २०१२ देखि स्नातक तहको कायक्रमलाई चारबर्षे बनाइएको छ । तर, सन् २०१८ मा बीआईटी कार्यक्रमको पाठ्यक्रम तयार गरी २०१९ बाट कार्यक्रम संचालन गरिएको थियो । तर, भट्टराईलाई कार्यक्रम सुरु हुनुपूर्व नै समकक्षता दिएको देखिन्छ । जबकी त्रिविले समकक्षता दिनुपूर्व पूर्ववत विषय अध्ययनको विवरण समेत माग गर्ने गरेको छ ।

त्यसैगरी भट्टराईले काठमाडौँको लर्ड बुद्ध एडुकेशन फाउन्डेसनबाट ‘साइन्स इन इन्फर्मेशन टेक्नोलोजी’ मा स्नातक पास गरेको देखिन्छ । उनले एक बर्षको अन्तरमा भारत र नेपालबाट एउटै विषयमा स्नातक पास गरेको देखिन्छ ।

कार्यसमितिमा निर्देशक भट्टराईमाथि कारवाहीको माग

हालै सम्पन्न स्काउटको कार्यसमिति बैठकमा संस्थालाई नै बिबादित बनाएको भन्दै अधिकांश सहभागीले निर्देशक भट्टराईलाई कारवाही गर्नुपर्ने धारणा राखेका थिए । स्रोतका अनुसार असार २ गतेदेखि सुरु भएको कार्यसमिति बैठकमा आवेदन फारम भर्ने थापा र प्रमुख आयुक्त मात्रै निर्देशक भट्टराईको बचाउमा बोलेका थिए ।

कार्यसमिति सदस्य सुरज खनालले बैठकमा विभिन्न विषयमा छलफल भएको पनि मुख्यगरी दुईवटा नियमावली संशोधनबारे छलफल केन्दृत भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal