हुम्ला । हुम्ला जिल्ला नेपाली काँग्रेस सर्केगाड गाउँपालिकाको सभापतिमा सुवाश रावत सर्वसम्मतिले निर्वाचित भएका छन् । गत असोज ९ गते सर्केगाडमा भएको १५ औं अधिवेशनमा सहभागि सबैले नेपाली काँग्रेसलाई विभाजन भन्दा एकजुट बनाउनुपर्नेमा समेत जोड दिएका थिए ।
सर्केगाड–१(जैर)का रावत सभापतिमा निर्वाचित हुँदा पालिका उप–सभापतिद्वोयमा वडा नं ६(बराई)की रेलकोइला रोकाया र वडा नं. ३(उनापानी)का देव फडेरा चयन भएका थिए, त्यसैगरी वडा नं. ४(गोठी)का नरेश शाही सचिव तथा वडा नं. ७ (रोडिकोट) का शक्क छत्याल सह–सचिवसहित २१ सदस्यी कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
नवनिर्वाचित कार्यसमितिलाई नेपाली काँग्रेस महासमिति सदस्य अर्जुन महताराको प्रमुख आतिथिलगायतले सपथग्रहण गराएका थिए । त्यसैगरी सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया, हुम्ला ‘क’ प्रदेश सभापति मानदेव शाही, महिला संघ जिल्ला अध्यक्ष सुशिला शाह, तरुण दल जिल्ला उप–साभापति कर्णजंग शाही, पूर्व पालिका सभापति धनराज शाहीलगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनका प्रमुख अतिथिलगायतले नेपाली काँग्रेस देशमा लोकतन्त्रको मेरुदण्ड भएकोले यसलाई विभाजन भन्दा एक ढिक्का बनाएर लग्नुपर्नेमा जोड दिएका थिए ।
२०६६ मा अखिल(क्रान्तिकारी) हुम्ला काठमाडौं सम्पर्क समिति सह–सचिवहुँदै विद्यार्थी राजनीतिबाट उदाएका नवनिर्वाचित सभापति रावत त्यसपछि सर्केगाड–१ काँग्रेस वडा समिति सभापति तथा सरस्वती मा.वि.जैरका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेर प्रभावकारी काम गर्दै जनतामा लोकप्रिय बन्दै गएका उदयमान युवाकारुपमा स्थापित युवा हुन् ।


अनलाइन डबली



