आज :

नेपाल स्काउटका प्रमुख आयुक्त भन्छन्- निर्देशक भट्टराईले ४५ दिन बिदा लिएका छन्

  • अनलाइन डबली

काठमाडौँ । नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरेले निर्देशक रामप्रसाद भट्टराई बिदा लिएर विदेश गएको बताएका छन् । अनलाइन डबलीसँग कुरा गर्दै घिमिरेले भट्टराईले ४५ दिन बिदा माग गरेको र आफूले त्यसलाई स्वीकृत गरिसकेको बताए ।

‘४५ दिनको बिदा माग्नुभएको थियो, जानुभन्दा पहिले नै स्वीकृत भइसकेको छ, हामीले बरु चाँडो फर्किनुस् भनेका छौं’ घिमिरेले भने ।

छानबिन समितिको प्रतिवेदन औपचारिकरुपमा नआउँदै बिदेश उडेको समाचार डबलीले प्रकाशित गरेपछि गोप्य राखिएको भट्टराईको बिदेश यात्रा सार्वजनिक भएको थियो । समाचार प्रकाशितपछि भट्टराईले सामाजिक संजालमार्फत आफू पारिवारिक भेटघाटको क्रममा फिलिपिन्स हुँदै क्यानाडा पुगेको जानकारी गराएका छन् ।

प्रमुख आयुक्त घिमिरेले छानबिन समितिलाई दिएको १५ दिनको समय सकिएपछि भट्टराईलाई हाजिर गराइएको जानकारी समेत दिए ।

सरोकारवालाहरुले नेपाल स्काउटभित्र निर्देशक भट्टराईले विभिन्न शिर्षकमा अनियमितता गरेको, महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको, मनपरी तलबभत्ता बुझ्ने गरेको, कार्यक्रमको लागि भन्दै मोटो रकम लिएर विभिन्न व्यक्तिहरुलाई विदेश पठाउने गरेकोलगायतका विषयमा छानबिनकाे माग राखेर सराेकारवालाहरू आन्दोलनमा उत्रेका थिए ।

सम्पर्क मन्त्रालय युवा तथा खेलकुद मन्त्रालयको पहलमा दुबै पक्षबीच वार्ता भएको थियो । गएको चैत्र १७ गते मन्त्री तेजुलाल चौधरीको रोहबरमा भएको बार्तामा निर्देशक भट्टराईलाई निलम्बन गरेर छानबिन गर्ने सहमति भएको थियो ।

सोही सहमतिअनुसार भट्टराईलाई जिम्मेवारीबाट हटाएर छानबिन गरिएको थियो । तर, समितिले एकपक्षीय प्रतिवेदन बुझाएपछि भट्टराईलाई हाजिर गर्न लगाइएकाे थियाे ।

छानबिन समितिमा नेपाल स्काउट शुद्धिकरण अभियानको तर्फबाट सहभागी भएका दुबै जनाले उक्त प्रतिवेदनमा हस्ताक्षर नगरेको समितिकी संयोजक रमा भट्टराईले जानकारी दिइन् । ‘छानबिन गर्दा उहाँहरु र हामीले सँगै गरेका हौं, प्रतिवेदनमा उहाँहरुले हस्ताक्षर गर्नुभएको छैन, हामीले मन्त्रीज्यूलाई बुझाएका हौं । मन्त्रालयले स्काउटमै पठाइसकेको छ’ भट्टराईले भनिन् ।

याे पनि पढ्नुहाेस्

१. नेपाल स्काउटका निर्देशकमाथिको छानबिन ‘ढिसमिस’ पार्ने खेल, प्रतिवेदन नआउँदै कामकाज

२. नेपाल स्काउटका निर्देशकको मनपरीतन्त्र, गाडी चढ्छन् इलेक्ट्रिक तर पेट्रोल र मोबिलको रकम बुझ्छन्

३. नेपाल स्काउट ‘डुबाउने’ निर्देशक रामप्रसाद भट्टराई विदेश उडे !

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal