आज :

नेपाल स्काउट ‘डुबाउने’ निर्देशक रामप्रसाद भट्टराई विदेश उडे !

  • अनलाइन डबली

काठमाडौँ । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले नेपाल छोडेका छन् । स्रोतको अनुसार मे १३ मा त्रिभुवन विमानस्थल हुँदै विदेश उडेका हुन् ।

छानबिन समितिको प्रतिवेदन नआउँदै हाजिर गर्न लगाइएका भट्टराईले आफू बिदामा बस्न लागेको जानकारी गराएकाे कार्यालय स्राेतले बताए

स्रोतका अनुसार भट्टराई अहिले क्यानाडा पुगेका छन् ।

नेपाल स्काउटभित्र विभिन्न शिर्षकमा अनियमितता गरेको, महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको, मनपरी तलबभत्ता बुझ्ने गरेको, कार्यक्रमको लागि भन्दै मोटो रकम लिएर विभिन्न व्यक्तिहरुलाई विदेश पठाएर मानव बेचबिखन गरेको भट्टराईमाथि आरोप लागेका छन् ।

नेपाल स्काउट शुद्धिकरण अभियानले संस्थाको रक्षाको लागि आन्दोलन गरेपछि सम्पर्क मन्त्रालय युवा तथा खेलकुद मन्त्रालयकाे पहलमा वार्ता भएकाे थियाे । मन्त्री तेजुलाल चाैधरीकाे राेहबरमा भएकाे वार्तामा भट्टराईलाई निलम्बन गरेर छानबिन गर्न समति भएकाे थियाे ।

समितिअनुसार मन्त्रालयकी उपसचिव रमा भट्टराईकाे संयाेकत्वमा ७ सदस्यीय छानबिन समिति बनाइएकाे थियाे । उक्त समितिकाे प्रतिवेदन औपचारिकरुपमा नआउँदै उनलाई हाजिर गर्न लगाइएको थियो । मन्त्री चाैधरीकै दबाबमा हाजिर गर्न लगाइएकाे स्राेतकाे दाबी छ ।

छानिबिन भइरहेका व्यक्तिले देश छोड्दा समेत सरकार निगरानी गर्न नसक्नु दुःखको कुरा भएको नेपाल स्काउटका एक कर्मचारीले बताए ।
अनलाइन डबलीले भट्टराईले संस्थाभित्र गरेका कुकर्मको बारेमा समाचार प्रकाशित गरेको थियो ।

-प्राविधिक रूपमा शिर्षक सच्चाइएकाे छ 

याे पनि पढ्नुहाेस्ः 

नेपाल स्काउटका निर्देशकमाथिको छानबिन ‘ढिसमिस’ पार्ने खेल, प्रतिवेदन नआउँदै कामकाज

नेपाल स्काउटका निर्देशकको मनपरीतन्त्र, गाडी चढ्छन् इलेक्ट्रिक तर पेट्रोल र मोबिलको रकम बुझ्छन्

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal