आज :

प्रधानमन्त्री संरक्षक रहेको नेपाल स्काउटमा ‘मानव तस्करी’

  • अनलाइन डबली

काठमाडौँ । भिजिट भिसाको नाममा नेपालमा मानव तस्करी हुने गरेको एकपछि अर्को तथ्य खुल्दै आइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सहभागीहरु नै नफर्किएकाे चर्चा सेलाउन नपाउँदै नेपाल स्काउटमा पनि भिजिट भिसामा ‘मानव तस्करी’ हुने गरेको तथ्य फेला परेको छ ।

प्रधानमन्त्री संरक्षक हुने नेपाल स्काउटबाट ‘ज्याम्बोरी’ को नाममा विभिन्न देशमा हुने कार्यक्रममा सहभागी हुन भिजिट भिसामा जाने र उतै लुक्दै आएको तथ्य फेला परेको हो ।

‘ज्याम्बोरी’ स्काउटको अन्तर्राष्ट्रियस्तरको कार्यक्रम हो । यो प्रत्येक तीन बर्षमा विभिन्न देशहरुले आयोजना गर्छन् । नेपालबाट अहिलेसम्म कतिवटा ज्याम्बाेरीमा सहभागिता भयाे ? कतिजना सहभागी र कतिजना उतै बसे भन्नेबारे नेपाल स्काउटले सूचना दिन नचाहेपनि विभिन्न समयमा ज्याम्बोरीमा सहभागी हुन भनेर भिजिट भिसामा जानेहरु नफर्किने भेटिएकाे हाे ।

यसमा पनि ठुलो सेटिङ हुने गरेको स्काउट अभियान्ताहरु आरोप छ । स्रोतका अनुसार सन् २०२२ जुलाई २२ देखि ३१ सम्म डेनमार्कमा ‘डेनमार्क ज्याम्बोरी २०२२’ सम्पन्न भयो । त्यस्तै, २०२३ अगष्ट १ देखि १२ सम्म कोरियाको २५ औं ज्याम्बोरी सम्पन्न भएको थियो ।

स्रोतका अनुसार यी दुईवटा ज्याम्बोरीमा एकैपटक धेरै संख्यामा स्काउट सदस्यहरु उतै लुकेका छन् । उनिहरुले स्काउटका उच्च तहमा सेटिङ गरेर उतै लुक्ने वातावरण मिलाएको र त्यसबापत लाखौं रकम खर्च समेत गरेको स्रोतको दाबी छ ।

ज्याम्बोरीमा सहभागि हुन भिजिट भिसामा गएर लुकेकामध्ये केहीले बीचमा नेपाल आएर परिवारसहित उतै फर्किएका छन् ।

नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरेले ज्याम्बोरीमा जाने तर केही नफर्किएको स्वीकार गर्दै त्यतिबेला आफू समितिमा नभएको समेत बताए । उनले उक्त कार्य संस्थामा प्रतिस्ठासँग जोडिने भन्दै त्यससँग सम्बन्धीत कागजपत्र उपलब्ध गराउने समेत बताए । उतै लुकेका व्यक्तिहरुलाई फिर्ता ल्याउनेबारे के भइरहेको छ भन्नेबारे आफूले जानकारी गराउने बताएका छन् ।

त्यसैगरी हामीले स्काउटका निर्देशक रामप्रसाद भट्टराईसँग नेपालबाट ज्याम्बोरीमा गएकाहरु नफर्किएको बिषयमा प्रश्न गरेका थियौं तर उनले जवाफ दिन चाहेनन् ।

नेपालमा नेपाल स्काउटको वि.सं. २००९ सालमा भएको थियो । बालबालिका तथा युवा वर्गलाई कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने, प्राकृति प्रकोप तथा दुर्घटना, समुदाय सेवलगायतका जनहित सम्बन्धी काम गर्ने उद्देश्य राखेर नेपाल स्काउटको स्थापना गरिएको थियो ।

पवित्र उद्देश्य राखेर स्थापना गरिएको संस्था मानव बेचबिखन जस्तो गम्भीर अपराध हुनु दुःखद् भएको स्काउट अभियान्ताहरु बताउँछन् ।

नेपाल स्काउटको संरक्षक प्रधानमन्त्री रहेन व्यवस्था गरिएको छ । त्यस्तै सम्पर्क मन्त्रालय युवा तथा खेलकुदमन्त्री प्रमुख स्काउट हुन्छन् । प्रधानमन्त्री नै संरक्षक रहेको संस्थामा मानव बेचबिखन हुँदा समेत सम्बन्धीत निकायले के हेरेर बसेका छन् भन्ने प्रश्न अभियान्ताले उठाएका छन् ।

याे पनि पढ्नुहाेस् 

१. नेपाल स्काउटका निर्देशकमाथिको छानबिन ‘ढिसमिस’ पार्ने खेल, प्रतिवेदन नआउँदै कामकाज

२. नेपाल स्काउट ‘डुबाउने’ निर्देशक रामप्रसाद भट्टराई विदेश उडे !

३. नेपाल स्काउटका प्रमुख आयुक्त भन्छन्- निर्देशक भट्टराईले ४५ दिन बिदा लिएका छन्

४. नेपाल स्काउट शुद्धीकरण अभियानले भन्याे-निर्देशक भट्टराईलाई पुनःस्थापित गर्नेगरी प्रतिवेदन बुझाइयाे

५. नेपाल स्काउटमा अख्तियारको पत्र, कार्यसमिति बैठकमा निर्देशक भट्टराईको राजिनामा माग

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal