
भुँडीपुराण प्रकाशन प्रकाशनको क्षेत्रमा स्थापित, उत्साह र ऊर्जाका साथ क्रियाशील प्रतिनिधिमूलक प्रकाशन संस्था हो ।
खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ र कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ शीर्षकका दुइ पुस्तक विप्लवलगायतका नेताहरुले लोकार्पण गर्दै छन् । भुँडीपुराण प्रकाशनले १८ गते दिउँसो १ बजे राजधानीको संवाद डबलीमा कार्यक्रको आयोजना गरेर सार्बजनिक गर्ने प्रवन्ध निर्देशक केशवप्रसाद पराजुली बताएका हुन् ।
समाजवादी क्रान्तिको कार्यदिशाको बारे लेखक थपलियाको पुस्तक ‘कम्युनिस्ट समाजवाद’ले उजागर गरेको र जनवादी क्रान्तिको कार्यदिशा बारे भट्टको ‘कम्युनिस्ट जनवाद’ पुस्तकमा नेपाली कम्युनिस्टहरुको समिक्षासहित प्रश्ट उल्लेख रहेको बताइएको छ ।
नेपालका कम्युनिस्टहरू यति बेला जनवादी क्रान्ति र समाजवादी क्रान्तिको घनीभूत बहसमा रहेको बेलामा यी पुस्तकहरुले मार्गदर्शन गर्ने विश्वास आयोजकको रहेको छ ।
वक्ताहरू
विप्लव, महासचिव– नेपाल कम्युनिस्ट पार्टी
ऋषि कट्टेल, अध्यक्ष– नेपाल कम्युनिस्ट पार्टी
रामबहादुर बुढा, नेता– क्रान्तिकारी कम्युनिस्ट पार्टी
कृष्ण वाग्ले ‘रुपेश’, नेता– लेखक तथा विश्लेषक
मिति : २०८२ साउन १८ गते, आइतबार
स्थान : संवाद डबलीको सभाकक्ष, अनामनगर, काठमाडौं
समय : ठीक १.०० बजे