
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले संघीय राजधानीमा मार्चपास गरेको छ। ब्रिटिश गोर्खा सैनिकहरूको पक्षमा २४ माघ २०७९ सालमा सर्वोच्च अदालतले गरेको फैसलालाई सरकारले कार्यान्वयन नगरेको र आफुहरु निकै अन्यायमा परेको भन्दै संगठनले प्रदर्शन गरेको हो ।
संगठनको आव्ह्वानमा पुर्व गोर्खा सैनिकहरुले सर्वोच्चको फैसला कार्यान्वयन गर , गोरखा समुदायको पक्षमा आएको फैसलामा नेपाल सरकार जिम्मेवार बनोस आदि प्लेकार्ड सहितको मार्चपास र्याली गर्दै शान्ति वाटिकामा पुगेर कोण सभा गरेका छन् ।
नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट यही वर्षको गत ८ साउन र २० पुसमा दुई पटक ताकेता पत्र पठाइसकेको भएता पनि सरकारले कार्यान्वयनको पाटोमा ध्यान नदिए पछी आफुहरु अन्यायमा परेको उनीहरुको गुनासो छ ।
सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र संयुक्त अधिराजयबीच भएको त्रिपक्षीय सम्झौता अन्तर्गत भर्ती भएको गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर संगठनले विगत तीन दशक यता संघर्ष गर्दै आएको छ । संगठनले आफुहरुको माग सडकबाट सरकार समक्ष् राख्दा पनि सुनुवाई नभए अन्तरराष्ट्रिय अदालत समेत जाने चेतावनी दिएका छन् ।