आज :

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीको विधानबारे निर्णय लिएर विधान अधिवेशनको अन्तिम तयारीका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो ।

माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठक विहान ११ बजेबाट राष्ट्रिय सभागृहमा बस्ने जानकारी दिए ।

आइतबार र सोमबार बस्ने बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ को समीक्षा हुने र त्यसबाट आएका सुझावहरूलाई समेटेर विधान सम्मेलनबाट कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए ।

माओवादीले फागुन १ गतेदेखि काठमाडौंमै विधान सम्मेलन गर्दैछ । पार्टीलाई विधानमा संशोधन र आवश्यक सुधार गर्न माओवादी केन्द्रले विधान सम्मेलन गर्न लागेको हो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal