
काठमाडांै । आज देशभर थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६२६ जना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
आज देशभर कुल संक्रमितको संख्या १८ हजार ४५२ पुगेको छ भने १३ हजार ७५४ जना डिस्चार्ज भइसकेका छन् ।
४ हजार ९५० संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
देशभर १६ हजार ३७९ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै २४ घण्टामा तीन जना मृतकमा कोरोना पुष्टि भएसंगै मृतकको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।
आइतबार पर्सा वीरगंज बस्ने ६५ वर्षीय भारतीय नागरिकको, आइतबारै धनुषा शहीदनगरका ३६ वर्षीय पुरुषको र बारा फेटाका ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको हो ।
अहिले सम्म कोरोना संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय १८ जनाको पीसीआर परीक्षण भएको छ । देशभर हाल १६ हजार ३ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् ।