आज :

विशाल नेपाल कम्युनिस्ट पार्टीले भन्योः भारतले कब्जा गरेको भूमि तत्काल फिर्ता गर

  • अनलाइन डबली

काठमाडौं । सुगौली सन्धीमा गुमेको नेपाली भूमीलाई फिर्ता ल्याउन विशाल नेपाल कम्युनिस्ट पार्टी र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सहकार्य गर्ने घोषणा गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा पार्टीले पहिलो पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले आफ्नै जीवनकालमा भारतिय कब्जामा रहेको भूमि फिर्ता ल्याउन सकिने दाबी गरेका छन् ।

विशाल नेपाल कम्युनिस्ट पार्टीको प्रथम पत्रकार सम्मेलनमा स्थायी समिती सदस्य विवेकले १८१६ को सुगौली सन्धीबाट गुमेको भूमिलाई फिर्त नगरेसम्म नेपाल स्वाधिन, समृद्ध र शक्तिशाली नहुने बताएका छन् । नेपालको राष्ट्रिय स्वधिनता र अधुरो वर्ग संर्षलाई पूरा गर्न क्रान्तिकारी कम्युनिस्ट तथा राष्ट्रवादी शक्तिहरुसँग एकता–सहकार्य गर्दै जाने पनि बताए । सोका लागि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चासँग सहकार्य गरेको बताउँदै भने,“४ दशकदेखि गुमेको भूमीको वोकालत गर्दै आउनु भएका फणिन्द्र नेपालजीसँग पहिलो सहकार्य भयो जुन एैतिहासिक छ ।”

विवेकले देशको पक्षमा बोल्ने सच्चा राष्ट्रवादीहरुको हत्या भएको विषयलाई स्मरण गर्दै भने,“हामीले भरतिय कब्जामा रहेको भूमिको मुद्धा उठाउँदै गर्दा हाम्रा समु चुनौतिका पहाड खडा हुने नै छन्, विगतमा, मदनभण्डारी, वीरेन्द्रलगायतको हत्या भयो, हामी पनि आवश्यक पर्दा बलिदानको लागि तयार हुनेछौं, तर कसैसामु झक्ने या बिक्ने छैनौं ।” विवेकले सुगौली सन्धी, गोर्खा भर्ति, असमान जलस्रोत तथा ब्यापार लागयत सन्धि–सम्झौता खारेजीको लागि निरन्तर राष्ट्रिय स्वाधिनताको अभियान चलाईरहेने बताए ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारतिय कब्जामा रहेको नेपाली भूमि शासकहरुले स्वार्थबाट मुक्त हुँदै आँट गरी माग राखे भारतले छाड्नु पर्ने धारणा राखे । उनले भारतले राजदुतावासमा बसेर ७५औं स्वतन्त्रा दिवस मनाइरहँदा सो कुरा अवैधानिक भएको बताउँदै भने,“ब्रिटिसहरुले इण्डिया छाड्दै गर्दा नेपाली भूमि फिर्ता गरेका थिए, तर उसले अझै अवैधानीक तवरले हाम्रो भूमि भोगचलन गरिरहेको छ, दुतावासमा बसेर झण्डा फहराउँछ, जुन हामीले सहनु हुन्न ।”

विशाल नेपाल पार्टीको राष्ट्रियताको मुद्धा उठाएकोमा शुभकामना दिदै भने,“म ग्रेटर नेपालको मुद्धा उठाउने हरेक पार्टीको झोला बोक्न तयार भएँ, तर विगतमा कसैले पनि त्यो आँट गरेनन्, अब यो पार्टीले मालाई त्यो अवसर दिन्छ भन्ने विश्वास छ ।” नेपालले मुद्धा उठाउने तर कालान्तरमा डरले भाग्ने तथा लोभमा विक्नेहरुको ताँती रहेको स्मरण गर्दै भने,“यो पार्टी अरु जस्तैः नडराओस्–नबिकोस् शुभकामना छ र तपाईहरुले चाल्ने राष्ट्र अनि राष्ट्रियता सम्बन्धी कदममा मेरो साथ रहने छ ।”

पार्टीका सचिवालय सदस्य चेतनाथ ओली ‘सफल’ले आफ्नो पार्टीले चुनौतिपूर्ण मुद्धा उठाउँदै गर्दा धेरैले असम्भव रहेको बताए पनि आफूहरुले अन्तिमसम्म लड्ने प्रतिबद्धता व्यक्त गरे । ओलीले कहिल्यै पनि कसैको गुलाम नरहेको नेपाल विगत र वर्तमान शासकहरुको कमजोरीका कारण देश झन कंगाल हुँदै गएको बताउँदै भने,“कानुन संवत नेपाली भूमी फिर्ता हुने अवस्था रहँदा पनि स्वर्थ र भयले उनिहरु भारतसामु सम्झौत गर्छन, तर अब त्यस्तो हुन दिनु हुन्न ।”

पार्टी स्थायी समिति सदस्य विकल्पले देशको स्वाधिनता र समृद्धिका लागि कुनै न कुनै शक्तिले ग्रेटर नेपालको मुद्धा उठाउनै पर्ने र आफूहरु त्यो बाटोमा निर्भिकतासाथ अगाडी बढ्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal