आज :

ललितपुरको मौलिक पर्व ‘ न्यकूजात्रा-मतयाः ’ यस बर्ष लोकाकिर्ति महाविहारको आयोजनामा हुने

  • अनलाइन डबली

ललितपुर महानगरमा अवस्थित नःबहीका नामले प्रचलित लोकाकिर्ति महाविहारको आयोजनामा यस वर्ष न्यकू जात्रा मतयाः संचालन हुने गरि तयारि सकिएको  छ ।  ललितपुरमा नेवार समुदायले मनाउने प्रशिद्द जात्रा पर्ब मध्य  ‘ न्यकू जात्रा मतयाः ’ १० वटा विभिन्न टोलहरुले  प्रत्यक बर्ष पालै पालो गरि आयोजना गरिने यस जात्रा यस वर्ष लोकाकिर्ति महाविहारको आयोजनामा हुने गरि सम्पूर्ण तयारि सकिएको न्यकू जात्रा मतयाः संचालन मूल समाहरोह समितिले आज एककार्येर्क्रम गरि जानकारी दिएको हो ।

नेपाल सम्वत अनुसार दशौ महिना गुलाभरी विभिन्न बौद्ध धार्मिक परम्पराहरु संचालन हुने गरेको छ । जसमध्ये ललितपुर महानगरमा मनाइने न्यकू जात्रा मतया : लिच्छिवी राजा बालाचन देवले स्थापना गरेको परम्परा मानिन्छ । यस अन्तरगत बोगी , नौबाजा प्रदर्शन , मतयाः , गणेशपूजा लगायतका विभिन्न परम्पराहरु पर्दछन् । लिच्छिवीकालीन यो परम्परामा करिब ४०० वर्ष अघि मल्ल राजा सिद्धिनरसिंह मल्लले तत्कालिन समयमा देशमा रहेको माहामारी तथा हाकार अवस्था हटाउन राजगुरु बौद्ध बज्राचार्यहरुसँग सल्लाह गरी १० वटा टोलहरुको पालो प्रचालनमा नौबाजा बजाएर नगर परिक्रमा गर्ने परम्परा चलाएका थिए । यो जात्रामा बजाइने विभिन्न बाजाहरुमा रांगाको सिडको बाजा अर्थात न्यक् / बुङ बजाइने भएकाले यसलाई श्रृडभेरी जात्रा पनि भन्ने गरिन्छ ।

कुम्भेश्वरमा नौबाजा बजाइ प्रारम्भ हुने न्यकू जात्रा मतयाः बौद्धकथामा आधारित भएपनि शिव र शिवगणको अनिवार्य उपस्थिति रहने परम्परा हो । दानपारमिताको महत्व दर्शाउन दीपदानसंगै अन्न , पुस्तक , मिठाइ र अन्य सामग्रीको दानदिने यस जात्रामा आफ्ना स्वजनको मृत्युमा मात्रै नभइ अन्य जो कोही मृत्यु भएकाहरूको आत्माका शान्ति कामना गर्दै ललितपुरका चारथूर भित्रका बौद सम्पदास्थल परिक्रमा गरिने ‘ मतया लाई कुशल समाज निर्माणको अनुपम नमूनाको रूपमा लिइन्छ ।

हरेक वर्ष  सापारु (गाई जात्रा)को भोलिपल्ट, काठमाडौं उपत्यकाको ललितपुरमा न्यकू जात्रा-मतयाः जात्रा यस बर्ष भद्र ५ गते भाद्रकृष्ण त्रितीया बुधबारका दिन मनाइदै छ  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal